प्रगती महिला समुह गोकर्णेश्वर ८ को शुभकामना आदानप्रदान तथा महिला शसक्तिकरण विषयक अन्तरक्रिया सम्पन्न

कपन अनलाइन

काठमाडौँ, असोज ९ । प्रगती महिला समुह र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आयोजित महिला हिंसा र महिला शसक्तिकरण विषयक अन्तरक्रिया, सम्मान कार्यक्रम तथा छैठौ साधारण सभा सहित  २०७९ सालको विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।  शनिबारनबिल फुडल्याण्ड गोकर्णेश्वर ८मा  प्रगती महिला समुहका अध्यक्ष फूलमाया गुरुङको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा  उपप्रमुख सान्नानी लामाप्रहरी नायब उपरीक्षक हरि बस्नेत, माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरि शेर्पा, समाजसेवी भावना ठकुरी, गोकर्णेश्वर खेलकुद समितिका संयोजक सञ्जय लामा वडा अध्यक्षहरु वडा सदस्यहरु सहित स्थनीयको उपस्थिति रहेको थियो।

 कार्यक्रममा  महिला हिंसा र महिला शसक्तिकरण विषयमा महिला उद्यमी तथा मिस नेपाल  उषा खड्गी र शक्ति समुहकी अध्यक्ष चरीमाया तामाङले महिला हिंसा र महिला शसक्तिकरण विषयमा चर्चा गर्दै   उत्प्रेरक भनाइ सहित प्रस्तुतीकरण गरेका थिए।भने प्रगति महिला समूहका सदस्यहरुले नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल  उपप्रमुख सान्नानी लामा वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, जयराम महत लगायतले चाडपर्वको शुभकामना दिदै महिला हिंसा न्यूनीकरण गर्न शिक्षा आवश्यक रहेको  बताएका थिए। उनीहरुले महिलाहरुलाई चुलो चौकामा मात्र सिमित नभई शिप सिकेर आत्मनिर्भर बन्न समेत प्रेरित गर्दै त्यसको लागि नगरपालिका वडाले सहजीकरण गर्ने समेत बताएका थिए । कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

फोटो : जी के

 

 

 

 

तपाइँको प्रतिक्रिया ।