सर्वस्व : देबीप्रसाद थापा ‘मामा’ (लघुकथा)

सर्वस्व : देबीप्रसाद थापा ‘मामा’ (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,असोज ८।

बाबुको अन्तिम संस्कारपछि उनीहरू घर फर्के । जेठी बुहारीले लोग्नेलाई कानमा केही भनी । दाजुले भाइहरूलाई सुनायो ।
घाटमा हस्तान्तरण गरेको झोला टाढाबाट उनीहरूले हेरे अनि मन खोलेर किरिया थाले ।
तेह्रौंका राती छोराबुहारीहरूले झोला फुकाए । एउटा पुरानो बैंक खाता
र खाताभित्र एउटा चिट्ठी थियो ।
चिट्ठी यसरी लेखिएको थियो– ‘जसले बाबुप्रति गर्ने कर्तव्य ग¥यो, उसैलाई मेरो सर्वस्व सुम्पिदिएँ ।’
यतिबेला उनीहरूका मस्तिष्कमा बैंक ब्यालेन्स र वृद्धाश्रम सँगै नाच्यो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।