नेसनल प्याव्सन काठमाण्डौको शुभकामना आदान प्रदान तथा एसइइ सम्मान असोज ७ गते

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

नेसनल प्याव्सन काठमाण्डौको शुभकामना आदान प्रदान तथा एसइइ सम्मान कार्यक्रम  असोज ७ गते गर्ने भएको छ।

काठमाण्डौ धुम्बाराहीको स्मार्ट पार्टी भेन्युमा हुने सो कार्यक्रममा विजया दशमीको शुभकामना आदान प्रदानका साथै एसइइ परिक्षामा सफल भएका विद्यार्थीहरुलाई सम्मान समेत गरिनेछ।

नेसनल प्याव्सन काठमाण्डौका सदस्य विद्यालयहरुको सहभागितामा असोज ७ गते १२ बजे कार्यक्रममा सुरु हुने जानकारी दिदै नेसनल प्याव्सन काठमाण्डौका सचिवालय सदस्य तथा  संचार विभाग प्रमुख राजन श्रेष्ठले कार्यक्रममा विभिन्न रचनात्मक प्रस्तुतिहरु समेत रहेको  बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।