कपनको आगलागी स्थलमा डा.राजन भट्टराई, नगर प्रमुख र उपप्रमुख नियन्त्रण र उद्दारमा सक्रिय

कपनको आगलागी स्थलमा डा.राजन भट्टराई, नगर प्रमुख र उपप्रमुख नियन्त्रण र उद्दारमा सक्रिय

कपन अनलाइन

काठमाण्डौ ,असोज ५।

बुढानीलकण्ठ नगरपालिकाको राम मन्दिरको  एक घरमा भिषण आगलागी भएको छ।  कपन राममन्दिर नजिक रहेको टंक घिसिङको घरमा संचालित हिमालय एडभेन्चर प्रालि ट्रेकिङ एजेन्सीको कार्यालयमा आगलागी भएको हो ।

घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको  घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने घाइते एक जनाको उपचार भैरहेको छ।

यसैक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराई आगलागी स्थलमा पुगेका छन। सो स्थानमा भएको आगलागी स्थलमा पुगेका डा.भट्टराईले घरधनी घिसिङसंग कुराकानी गर्दै घटना प्रति दुख व्यक्त गरेका थिए।

चर्चित पर्वतारोही निर्मल पुर्जाले संचालन गरेको हिमालय एडभेन्चरका कर्मचारीहरुको मृत्यु भएको घटना स्थलमा डा.भट्टराई संगै नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा पनि साथमा रहेका थिए।

आगलागीको सुचना प्राप्त गर्ने वितिकै घटना स्थलमा पुगेका नगर प्रमुख र उपप्रमुख आगलागी नियन्त्रण र उद्दारमा सक्रिय बनेका थिए । सो स्थलमा पुगेका नगर प्रमुख मिठाराम अधिकारीले घाइते र पिडितलाई सहयोग गर्ने बताएका थिए।

 

तपाइँको प्रतिक्रिया ।