अथर्व बिजनेश कलेजले ‘फुट एण्ड म्युजिक फेस्टा’ गर्दै

अथर्व बिजनेश कलेजले ‘फुट एण्ड म्युजिक फेस्टा’ गर्दै

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३१।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३, चक्रपथमा रहेको अथर्व बिजनेश कलेजले ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ को आयोजना गर्ने भएको छ । अथर्वमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ आयोजना हुन लागेको हो ।

असोज २ र ३ गते (दुई दिन) सम्म चल्ने उक्त ‘फुट एण्ड म्युजिक फेस्टा–२०२२’ काठमाडौँ उपत्यकाका अधिकांश विद्यार्थीहरू अवलोकन गर्ने गरी तयारी थालिएको छ । फेस्टालाई भव्य बनाउनका लागि विद्यार्थीहरूले अथक मेहनत गरिरहेका छन् भने अवलोकनकर्ताको संख्या बढाउनका निम्ति निम्ति सामाजिक सञ्जाल प्रमोसनदेखि विभिन्न कलेजहरूमा पुगी सूचना प्रवाह भइरहेको छ ।

फुट फेस्टा अन्तर्गत अथर्भमा अध्ययनरत विद्यार्थीहरूले तयार गरेको मौलिक तथा विभिन्न चर्चित खानाका परिकारहरूको प्रदर्शनी हेर्न र स्वाद लिन सकिनेछ । यस्तै, म्युजिक फेस्टा अन्तर्गत चर्चित ब्यान्ड, चर्चित कलाकार र विद्यार्थीहरूको प्रस्तुति रहने छ ।

जसमा चर्चित ब्यान्ड अनुप्रस्थ, गन एल्भिस, परिवर्तन ब्यान्ड, रक ब्यान्ड, सोनिगा ब्यान्ड लगायतको प्रस्तुति रहने छ । चर्चित गायक सन्देश राज कोइराला, नेपाल आइडल उपाधि विजेता सज्जा चौलागाईँ, गायिका अस्मिता अधिकारी, हास्य कलाकार सुमन कार्की र अध्ययनरत विद्यार्थीहरूको विशेष प्रस्तुति हुनेछ ।

ब्याचलर तहका लागि विद्यार्थीहरूले खोज्ने र रोज्ने कलेज मध्य एक बनेको अथर्व कलेजले फुट एण्ड म्युजिक फेस्टाबाट आफूलाई झनै अब्बल साबित गर्ने विश्वास रहेको आयोजक एक विद्यार्थीले बताए । अथर्व कलेजमा ब्याचलर तहमा बिबिए, बिएचएम र बिएचसिएम कोर्ष रहेका छन् ।

अथर्व यत्ति बेला ब्याचलर तहको नयाँ भर्नामा केन्द्रित भएको छ । यसका बाबजुद विद्यार्थीहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै ‘फुड एण्ड म्युजिक फेस्टा’को आयोजना गर्न लागेको कलेज प्रशासनले जनाएको छ ।

‘विद्यार्थीहरूले कोर्ष अन्तर्गत सिकेका कुराको प्रयोग तथा विद्यार्थीहरूको क्षमताको प्रदर्शनीका लागि विद्यार्थीहरूले फुड एण्ड म्युजिक फेस्टाको आयोजना गर्न लागेका हुन्’, अध्यक्ष मनोज थापाले बताउनु भयो । थापा भन्नुहुन्छ, ‘विभिन्न कलेजहरूबाट हाम्रो निम्ता सहर्ष स्वीकार गर्दै बढिभन्दा बढि विद्यार्थीहरू अवलोकन गर्न सहभागी हुनुहुनेछ भन्ने आशा लिएका छौँ ।

भिजिटका लागि आउनु हुने विद्यार्थीहरूका लागि पनि नयाँ सिकाइको विषय बनोस् भन्नका लागि केही नयाँ कुराको प्रयोग गर्ने भएका छौँ । जुन कुरा असोज २ र ३ मा हुने फुड एण्ड म्युजिक फेस्टा अवलोकनको क्रममा यहाँहरूले देख्नु हुनेछ ।’

तपाइँको प्रतिक्रिया ।