काठमाण्डौ क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्दै निरन्जन पुडासैनी

कपन अनलाइन
काठमाडौं, भाद्र  ३०।

लामो  समय देखि काठमाण्डौ क्षेत्र नं ३ मा समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएका समाजसेवी निरन्जन पुडासैनीले असोज ३ गते  प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारीघोषणा गर्ने तयारी गरेका छन ।

२०५७ साल देखि बागमती सभ्यता संरक्षण अभियानमा सक्रिय रहदै समाजसेवामा सक्रिय रहेका पुडासैनीले असोज ३ गते सर्वेश्वर दाजुभाई कटेजमा स्वतन्त्र उम्मेद्वारीघोषणा कार्यक्रमको आयोजना गरेका छन ।

महेन्द्र बौद्ध मावीबाट प्रवेशिका परिक्षा पास गरेर भारतको श्री विवेकानन्द कलेज बाट आइ एस्सी गरेका पुडासैनीले २०६२ साल देखि पाटीटार युवा क्लवको अध्यक्षका रुपमा योगदान पुर्याएका थिए।

पाटीटार युवा क्लवको अध्यक्ष रहँदा खेलकुद ,निशुल्क ट्युसन कक्षा संचालन ,स्वास्थ्य सिविर जस्ता सामाजिक काम गरेर लोकप्रिय बनेका पुडासैनी बागमती पिडित संघर्ष समितीका अध्यक्ष समेत रहेका छन।

ब्रिलियन्ट कलेजबाट अंग्रेजी र समाजशास्त्रमा स्नातक र पशुपति बहुमुखी क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका पुडासैनी देवी दत्त गुठी र पुडासैनी मैत्री समाजका महासचिव समेत हुन्।

 

तपाइँको प्रतिक्रिया ।