गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले फलफुलका बिरुवा वितरण गर्ने

कपन अनलाइन 

काठमाडौं, भाद्र ३१।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उन्नत जातका फलफुलका बिरुवा वितरण गर्ने भएको छ ।वडा अध्यक्ष जयराम महतले सार्वजनिक सुचना जारी गर्दै फलफूलका बिरुवा वितरण गर्न लागिएको जानकारी गराएका हुन।  उनले जारी गरेको सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ भित्र बसोबास गर्ने स्थानीयबासीहरुलाई उन्नत जातको फलफूलका बिरुवा ( कागती, सुन्तला र मुन्ताला) असोज ४ गते वडा कार्यालयमा बिहान ११ बजे देखि वितरण गरिने भएको हुँदा निम्न कागजात सहित बिरुवा लिनको लागि अनुरोध गरिएको छ ।

आवश्यक कागजात:

१) चालु आ.व ०७९/८०को सम्पत्ति कर तिरेको रसिदको फोटोकपि-१

२) नागरिकताको फोटोकपी -१

तपाइँको प्रतिक्रिया ।