‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’ आयोजना हुने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठ नगर कमिटिले ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’ आयोजना गर्ने भएको  छ।

२०७५ सालदेखि शुरु भएको अपेन किड्स ट्यालेन्ट ट्रायलको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक विनोद थापाले बताएका छन्।

प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नुनै कार्यक्रमको मूलभूत उदेश्य रहेको पनि लागिएको अपेन बूढानीलकण्ठका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक थापाले बताए।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भदौ ३० गते विहिवार आयोजना हुने कार्यक्रममा बूढानीलकण्ठ नगर क्षेत्रभित्र संचालित २६ वटा मन्टेश्वरी तथा प्रि स्कुलहरूका ५०० जना बालबालिकाले भाग लिने पनि थापाले  जानकारी दिएका छन्।

तपाइँको प्रतिक्रिया ।