‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने तयारीमा एलिस विष्ट

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६।

कञ्चनपुर–२ कृष्णनगरका २७ वर्षीय एलिस विष्टले ‘गिनिज बुक अफ वर्ल्ड  रेकर्ड’मा नाम लेखाउने तयारी गरिरहेका छन् । आज(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विष्टले ३ महिनाभित्र वल्र्ड रेकर्ड राख्ने तयारी गरिरहेको बताए ।
उनले ३० सेकेण्डमा ८८ भन्दा बढी गाँजर काटेर वल्र्ड रेकर्ड राखेका जापानका सेपर्डको रेकर्ड तोड्ने प्रयास गरिरहेको स्पष्ट पारे । विष्टले ३० सेकेण्डमा आफूले अहिलेसम्म ८७ वटा गाँजर काट्न सकेको पनि बताए । “मलाई डेढ वर्षअघि देखिनै वल्र्ड रेकर्ड राख्ने बारे दिमागमा आएको थियो । यसपालि भने मैदानमै उत्रिन खोजेको हुँ । यसको लागि व्यापक तयारी गरिरहेको छु ।” उनले भने,“सबैले गरिराखेको देखेकै छु, के भो त आफूले पनि गरिहाल्यौ न भनेर,नसके भनेपनि प्रयास त हुन्छ नी ।” त्यसबारेमा केही सिनियर व्यक्तित्वहरुसँग पनि परामर्श लिएर अघि बढेको उनले जनाए । ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ राख्न विष्टलाई हेल्प फर हेप्पीनेस, दारी ग्याङ, फ्रिडमफोरम फुड रेष्टुरेन्टलगायत सहयोगी पार्टनर रहेका छन् ।
नारायण प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लक्ष्मण प्रसाद मण्डल लगायतले बिष्टलाई शुभकामना दिएका थिए ।
क्लबमा आयोजना गरिएको कार्यक्रममा बिष्टले गाँजरसहित फलफुल काटेर समेत देखाएका थिए ।

तपाइँको प्रतिक्रिया ।