गोकर्णेश्वर ५ मा रहेका माछा मासु पसलको अनुगमन

कपन अनलाइन

काठमाडौँ, भाद्र ९।  गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी ओरालोमा अव्यवस्थित रुपमा संचालनमा रहेका माछा मासु पसल र त्यस आसपास भएका फोहोरको प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले अनुगमन गरेको छ । बुधबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, कर्मचारी र जनप्रतिनिधि र नगर प्रहरी सहितको टोलीले उक्त क्षेत्रमा संचालन रहेका  माछा मासु पसल र त्यस आसपास भएका फोहोरको अनुगमन गरेका हुन ।

सडक पेटी नै ढाक्ने गरि र न्युनतम मापदण्ड समेत पुरा नगरी  अव्यवस्थित रुपमा संचालनमा रहेका माछा मासु पसल संचालकलाइ सचेत गराएको  नगरपालिकाले जानकारी गराएको छ ।  साथै  टोलीले उक्त क्षेत्रमा पसल संचालन गर्दा निस्किएको फोहोर जधाभाबी नफाल्न समेत अनुरोध  गरेको छ । सचेत गराउदा पनि अटेर गरेमा नगरपालिकाले कारवाही गर्ने जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।