काठमाण्डौ क्षेत्र नं ४ (२ ) का कांग्रेस नेताहरु चुपचाप …

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ९।

सरकारले मंगसिर ४ गते घोषणा गरेको प्रतिनिधि तथा प्रदेस सभाको निर्वाचन ९४ दिन बाँकी रहँदा काठमाण्डौ क्षेत्र नं ४ मा राजनीतिक माहोल निकै तातेको छ।

काठमाण्डौ महानगरपालिकाका चार र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा गठबन्धनको कसरत सुरु भए संगै प्रदेस सभा २ का कांग्रेस नेताहरु चुपचाप देखिएका छन।

अन्य समयमा पार्टी निर्वाचन होस् कि संसदीय निर्वाचन होस् उम्मेद्वारी दावी र घोषणा गर्न तछाड मछाड गर्ने प्रभावशाली नेताहरु अहिले मौन देखिएका छन।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ (२) का दर्जन भन्दा बढी नेताहरु संग कपन अनलाइनले सम्पर्क गर्दा एकाध नेता बाहेक कोहि पनि निर्वाचनमा दावीका विषयमा बोल्न चाहेनन्।

निकै लामो समयदेखि काठमाण्डौ क्षेत्र नं ४ को राजनीतिमा सक्रिय रहेर जनताको प्रतिनिधि बन्ने हैसियत र क्षेमता राख्ने कतिपय कांग्रेस नेताहरुले त कतै पनि  नाम समेत उल्लेख नगरिदिन आग्रह  गरेका छन।

नेपाली कांग्रेसका महामंत्री तथा सांसद गगन थापाले नै काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धनको कसरत सुरु गरेपछी चुपचाप बस्न बाध्य बनेका कांग्रेस नेताहरु गठबन्धन चरणवद्ध छलफल पश्चात निकै गलेको श्रोतले बताएको छ।

२०७४ सालको निर्वाचनमा नेकपा एमाले संग पराजित भएको काठमाण्डौ क्षेत्र नं ४ (२ ) कांग्रेस यस पटक पनि गठबन्धनका कारण नेतृत्व बाट बन्चित हुने सम्भावना बढे संगै धेरै नेताहरुको राजनीतिक भविष्यका वारेमा पनि चर्चा सुरु भएको छ।

नारायण गोपालको स्वरमा रहेको “मुटु माथि ढुंगा राखी हास्नु पर्या छ ” भन्ने गीत जस्तै विभिन्न कार्यक्रम र अभियानमा हासेर  सक्रिय देखिए पनि यस प्रदेस क्षेत्रका कांग्रेस नेताहरु अन्तरमनमा भने निकै उदास र हतास बनेको नेपाली कांग्रेस ४ (२) का एक पदाधिकारीले बताएका छन।

महामन्त्री थापालाई नेकपा एसका नेता “कुसुम कुमार कार्की कम्फर्टेवल” हुन् सक्ने विश्लेषण सहित गठबन्धनको कसरत तीव्र बने संगै  संसदीय क्षेत्रको जिम्मेवारीबाट बन्चित हुने अवस्थामा रहेका यस प्रदेस क्षेत्रका कांग्रेस नेताहरु खुल्ला दावी गरेका आफ्नै सहयात्रीहरुलाई सचेत गराउनु पर्ने बाध्यतामा देखिएको चर्चाले राजनीतिक माहोल भने निकै तताएको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा स्थानीय तहमा वडा अध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं १ ,२ ,८ ,९ ,१० ,११ ,१२ र १३ मा वडा अध्यक्ष सहित नेकपा एमालेका २८ जना जनप्रतिनिधि विजयी बनेका थिए।

कुल ४० जना जनप्रतिनिधि मध्ये २८ जना निर्वाचित भएका नेकपा एमालेका ८ वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत ११,४१५ रहेको छ। त्यस्तै २०७४ सालको निर्वाचनमा रहेको सुन्य शंख्यामा सुधार गरेर  १२ जना जनप्रतिनिधि निर्वाचित गरेको नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार हरुले ८,६८० मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ (२) का सबै वडाको अध्यक्ष जितेको नेकपा एमाले र नेपाली कांग्रेसका वडा अध्यक्षहरुले पाप्त गरेको मतमा नेकपा एमालेले  २,७३५ मत बढी प्राप्त गरेको छ।

निर्वाचन  आयोगको वडा अध्यक्ष पदको मत परिणाम अनुसार यस प्रदेस क्षेत्रमा नेकपा एसले १,११४ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले ५८० र  रास्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्ष उम्मेदवारले ७५९ मत  प्राप्त गरेका  छन ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।