‘ऐतिहासिक घटनाक्रम भाग–१’ बजारमा

‘ऐतिहासिक घटनाक्रम भाग–१’  बजारमा

काठमाडौँ, २३ जेठ । पूर्वमन्त्री बालाराम घर्तीमगरले लेख्नुभएको ‘ऐतिहासिक घटनाक्रम भाग–१’ हिजोदेखि बजारमा आएको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले हिजो २२ गते यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तकको विमोचन गर्दै नेपालको इतिहास, विभिन्न कालखण्डका घटनाक्रम, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा लेखिएको पुस्तक इतिहासका जिज्ञासु तथा अनुसन्धाताका निम्ति उपयोगी हुने बताउनुभयो ।

1433516058001_AR-Ktm-Lokarpan
विमोचित पुस्तकले नेपाली भाषा, संस्कृति, कला साहित्य र भूगोलका रहस्य उजागर गरेको बताउँदै सबैले एकपटक पढ्नैपर्नेमा जोड दिनुभयो । ।

‘हाम्रा पुर्खा को थिए ? भाषा भुल्दा पुर्खा र इतिहासलाई बिर्सन्छ’, ‘हामी हिन्दू हाँै’, ‘गजुल राज्य र हाम्रा पुर्खा’, ‘ विक्रम सम्वत् २००७ को घटना’, ‘श्री ५ पृथ्वीनारायण शाह’, ‘श्री ५ महेन्द्र’, ‘श्री ५ वीरेन्द्र, ‘श्री ५ दीपेन्द्र’, ‘श्री ५ ज्ञानेन्द्र’, ‘योगी हरिहरनाथ’, ‘डा स्वामी प्रपन्नाचार्य’, ‘विश्वेश्वरप्रसाद कोइराला’, ‘बहुदल आएपछि’लगायत शीर्षकमा मिहिन तवरले पुस्तकले व्याख्या गरेको छ ।

स्मृतिग्रन्थ लोकार्पण

यसैबीच, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हिजै  आयोजित अर्को कार्यक्रममा पूर्व प्रहरी निरीक्षक जितेन्द्र बस्न्यातको स्मृतिग्रन्थ लोकार्पण गर्नुभयो ।

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले स्वर्गाीय बस्न्यातको वार्षिक पुण्य तिथिमा आयोजना गरेको उक्त कार्यक्रममा उहाँले पूर्व प्रहरी निरीक्षक, लेखक, पत्रकार, साहित्यकार तथा समाजसेवी बस्न्यात पेशाप्रति प्रतिबद्ध हुनुहुन्थ्यो भन्नुभयो ।

साहित्यकार दामोदर पुडासैनीले नेपाली समाजको धार्मिक भावना, भक्ति र संस्कृतिबारेका रचना नयाँ पुस्ताका निम्ति प्रेरणाप्रद रहेका बताउनुभयोे

तपाइँको प्रतिक्रिया ।