भुकम्प पिडित कृषकलाई राहत, दुई वर्षको मालपोत मिनाहा हुने

भुकम्प पिडित कृषकलाई राहत, दुई वर्षको मालपोत मिनाहा हुने

२३ जेठ । सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ ।
जेठ २२ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो ।

timthumb

भूकम्पपीडितलाई सरकारको राहत अपुग भएको गुनासो आइरहेका बेला सरकारले सो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सो जानकारी दिए ।

यस्तै भूकम्पपीडितको परिचयपत्र वितरणमा प्रभावकारिताका लागि सरकारले सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई पनि वितरण कार्यमा जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकले अर्थ मन्त्रालयले तयार गरेको दैवी प्रकोपका समयमा महसुल छुटसम्बन्धी कार्यविधि पारित गरेको छ भने मुलुकभित्रको जस्तापाताले मात्र माग धान्न नसक्ने भएकाले आपूर्तिमा ५० प्रतिशत राजस्व छुट दिने र खरिद कार्यका लागि साल्ट टे«डिङ र नेसनल टे«डिङलाई जिम्मा दिन प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई निर्देशन दिनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।