फरार कैदी पक्राउ

फरार कैदी पक्राउ

काठमाडौँ, २३  जेठ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोले भूकम्पबाट भत्किएको सिन्धुपाल्चोक कारागारबाट फरार रहेका कैदी भीमबहादुर भुजेललाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा पाँच वर्ष कैद र रु ५० हजार जरिवाना भुक्तान गरिरहेका सिन्धुपाल्चोक लिसङ्खु गाविस–८ का २२ वर्षीय भीमबहादुर गत वैशाख १२ गते आएको भूकम्पबाट सिन्धुपाल्चोकको कारागार पूर्ण रुपमा भत्केपछि फरार रहेका थिए ।

उक्त कारागारबाट २१२ जना कैद तथा थुनुवा फरार रहेका थिए ।

फरार रहेका भीमबहादुरलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले बिहीबार सिन्धुपाल्चोक लिसङ्खुबाट नै पक्राउ गरी हिजो केन्द्रीय कारागार पठाइएको ब्युरोले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।