राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्वारा आयोजित पाँचौ विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा गोकर्णेश्वर लाइट एकेडेमी प्रथम

राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्वारा आयोजित पाँचौ विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा गोकर्णेश्वर लाइट एकेडेमी प्रथम

कपन अनलाइन

काठमाडौँ, भाद्र ५। राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्वारा आयोजित पाँचौ विद्यालय स्तरीय सामुहिक  लोक नृत्य प्रतियोगिता तथा एस ई ई सम्मान कार्यक्रम  सम्पन्न भएको छ। शनिबार नबिल फूडल्याण्डमा निसानका अध्यक्ष सौर्यनाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सानान्नी लामा, निसानका प्रमुख सल्लाहकार तथा प्याब्सन काठमाडौं जिल्ला कार्य समिति सह सचिब ओम प्रसाद ढकाल,प्याब्सन काठमाडौं जिल्ला कार्य समितिका सचिब सुदर्शन थापा,

प्याब्सन  काठमाडौं जिल्ला कार्य समितिका सहसचिब अनिल पराजुली, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य सुमन लामा,  गोकर्णेश्वर नगरपालिका शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल , प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी,एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी शिखर छहारी कला केन्द्रकी अध्यक्ष कल्पना राजचल, ग्रीन आर्मीका सुबिन शर्मा,लगायत निसान कार्यसमितिका  पदाधिकारी सहित सहभागी बिध्यालयका प्रतिनिधि र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन निसानका कोषाध्यक्ष नवराज सापकोटाले गरेका थिए   ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको उद्घाटन गोकर्णेश्वरका नगर प्रमुख दिपक रिसाल र  उप प्रमुख सान्नानी लामाले गमलामा पानी हालेर गरेका थिए निसानका बरिष्ठ उपाध्यक्ष एबम श्रीयन्त्र स्कुलका प्रिन्सिपल अरुण पौडेलले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेको कार्यक्रममा  निसानका प्रमुख सल्लाहकार तथा प्याब्सन काठमाडौं जिल्ला कार्य समिति सह सचिब ओम प्रसाद ढकाल,गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत  प्याब्सन गोकर्णेश्वर अध्यक्ष डी एन शिवाकोटी,एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

निसानले प्रत्येक वर्ष उक्त  आयोजना गर्ने गरेको भएतापनि कोभिडका कारणले विगत २ वर्षदेखि आयोजना गर्न सकेको थिएन । विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई उजागर गर्दै लोक संस्कृति र मौलिक पहिचानप्रति परिचित गराउँने उद्देश्यले  आयोजित उक्त कार्यक्रममा निसानमा आवद्द २५ वटा बिध्यालयले सहभागिता जनाएका थिए प्रतियोगितामा निर्णायकको भूमिकामा बरिष्ठ चलचित्र नृत्य निर्देशक कमल राइ, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन दास प्रदान, नृत्य निर्देशक संघ नेपालका बरिष्ठ उपाध्यक्ष यम गुरुङ रहेका थिए ।

कार्यक्रममा  निसानमा आवद्ध सदस्य बिद्यालय मध्ये २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)मा प्राप्त नतिजाअनुसार उत्कृष्ट तीन विद्यालय तथा उत्कृष्ट जि.पि.ए ल्याउन सफल विद्यार्थी बिध्यालय र शिक्षकहरुलाई पनि बिशेष सम्मान गरिएको थियो पाँचौ विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगितामा गोकर्णेश्वर लाइट एकेडमी प्रथम भयो भने जीवनतारा एकेडेमी दितीय सृजना इङलिस स्कुल तृतीय हुँदा  चार्ल्स डार्बिन एकेडेमी र  त्रिकोण स्कुलले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको थियो । त्यसै गरि  बिशेष पुरस्कार बाट मेलम्ची सामुदायिक बिध्यालय र लिबर्टी एकेडेमीको कक्षा ३ मा अध्ययनरत नुमा लामाले  प्राप्त  गरेकी थिइन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि र बिशेष अतिथि द्वय गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल,र उप प्रमुख सान्नानी लामाले  आयोजकलाइ धन्यबाद दिदै  नेपाली मौलिक लोक संस्कृति जगेर्ना गर्न र बिद्यार्थी भित्र रहेका अन्तर्निहित प्रतिभा उजागर यस्ता कार्यक्रम उपयोगी हुने बिश्वास ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।