वासनाको आँधी : शीतल गिरी ( निबन्ध )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ४।
वासनाले आँधीपनि ल्याउन सक्दछ । मेरो कान्छो भाईको टिकाटालोको कार्यक्रममा जाँदाखेरी थाहा पाएको हुँ । वासनाको वशमा परेकाहरू आफूलाई नियन्त्रणगर्न सक्दा रहेनछन् । रातीको एक बजेको थियो । एक्ककसी निद्रा कचल्टियो ।
मेरो यौनाङ्ग कसैले मुसारी रहेको महसुस गरे । उठेर हेर्छु तबास बसेको घरको तरुणी छोरी थर थर काप्दै मसँग वासनाको आँधी साम्य पार्न आग्रह गरिरहेकी छ । “…..मेरो आग्रह नटाल्नुस् ?” यो के ! फुसफुसाएको आवाज मेरो कानमा पर्यो ।
“हुन्छ” मैले भन्नै प¥यो र भने । स्थिति बडो जटिल थियो । म काठै काठले बनेको घरको बार्दलीमा सुतेको थिएँ । भर्याङ पल्तिरको कोठामा ती केटीको आमा सुतेकीथिइनभने पूर्वतर्फको कोठामा ठूलो दाजु र तलतिर चाहिमाहिंलो दाजु भाउजु सुतेका थिए ।
तीतरुनी केटी, म सुतेको बार्दलीको छेउकै पश्चिमको स्यानो कोठामा सुतेकी थिइन् । करिब २१ बर्षकीहुँदीहो, क्या आफत आइलाग्यो भने । त्यो गाँउमा सम्बन्ध जोड्न आएको हुँदा धेरै थरीकामानिसको राती अवेलासम्म जमघट थियो । नेपालमा पहिलो पटक भरखर कम्युनिष्टको अल्पमतको सरकार वनाको थियो, प्रधानमन्त्रिमनमोहनअधिकारी सोही क्षेत्रबाट विजयी हुनुभएको हुँदा त्यस बिषयमा पनि कुराकानी भएथ्यो । गाँउले मैत्रीपूर्ण वातावरण पाउँदा सुखद अनुभव गरेको थिए । किनभने गाँउलेहरू दिनभरी चर्को श्रमगर्ने हुँदाथाकेर लखतरान परेकाहरू सम्साँझैं सुत्छन्् भन्ने सुनेको थिए । गाँउमा संस्कृति र संस्कार मनोरन्जनको नाममा जीवित रहेको हुन्छ । बजारमा आएको दोहरी गित— पैसाकमाउँने होडमा, संस्कृति र संस्कारलाई कुरुप बनाउँदै फोहरी गितमा परिणत भएको छ । ग्रामीण संस्कृति व्यवसायवादीले वेरूपको बनाएका छन् । तर पनिगाँउ स्वच्छन्द पवित्र छ त्यहाँका संस्कृति मौलिक हुन्छ— केही वेरको कुराकानीमा मैले थाहा पाएको थिए ।
शौहार्दपूर्ण वातावरणमा रात छिपिउन्जेल गफगाफ भएको थियो । तर विछौनामा गएपछि— एकातिर घरको मान्छे उठ्लान भन्ने डर, अर्कोतिर घाँटीमा नचाहिंदो पासो, के गर्ने ? परिस्थितिसंग सम्झौता त गर्नै पर्यो र गरियो । यो घटना घटेको बर्षौं भइसक्यो तर पनि म त्यो भयावह स्थिति भुल्न सकिरहेको छैन ।
किनतीयुवतीयौन तृप्तीको लागि आक्रामक बनीन् ? सोमबहादुरकी तीन वटी स्वास्नीमा नीरजा देवीकी छोरी हुन् ती कामातुर युवती । प्रायःलोग्नेलाई कान्छी स्वास्नीले रिझाएको पाइन्छ तर नीरजा देवीले भने रिझाउँन नसके पनि गाउँका धेरैलाई रिझाएकी थिइन् । मलाई थाहा छैन कि सो घटना आजयतिका दिनपछि लेख्नु हुन्थ्यो या हुँदैनथ्यो । आरोपआउँन सक्छ सस्तो यौनको बारेमा लेखियो भनेर । संसारमा जे छ, सम्पूर्ण संग कुनै न कुनै रूपमा यौन जोडिएकै छ, आवरणमा या छाडापनमा, धेरै र थोरै, यस्ता कुराहरू पनि प्रश्नको रूपमामनमा उठेको हो । व्यवसायी र साहित्यकार आजयसको अलगअलग स्थान छ । व्यवसायी मनोरन्जनको नाममा यौनलाई बजारको बस्तु बनाउँछ, यीदुबैको सोचमा ठूलो अन्तर छ । मलाई लाग्यो साहित्यलाई माया गर्ने नाताले यौन व्यापार बनाउँनु हुँदैन र उच्छ«ङ्खल त बन्नदिनु हुँदै हुँदैन । क्षणिक आनन्दको कल्पनामा पौडिएर व्यवहारमा लागु गर्नेहरू यथार्थमा हाम्रै वरिपरी प्रसस्त छन् । यौनको वारेमा गहन अध्यन गरिनुपर्छ, समग्रमा अध्ययन गरिनुपर्छ, तबमात्र परिपूर्ण नागरिक बन्न सकिन्छ ।
तर यो सिद्धान्तको कुरा मात्र हुन् भन्नेहरूको जमात धेरै छ ।प्रश्ननीरजा देवीको हो, जो लोग्नेबाट भिन्न भै यस गाउँमा बस्दै आएकी थिइन् । छोरा, छोरी र वुहारीमा एकछत्र शासन चलाई राखेकी थिइन् ।
माइलो र कान्छो छोरा आमाकै पदचिन्ह पछ्याईरहेकाथिएभने बहिनी त आमाभन्दापनि एक पाइला अगाडी थिइन् । यसो त यहाँ धेरै लेख्नु आवश्यक छैन, तर कुरोको चुरो पतालगाउनको लागिअलिकति व्याख्याले सहयोग दिन्छ । व्यक्तिको आनिवानी व्यवहार क्षण कालको विन्दु हो जसमा परिणामको ख्यालगरिदैन । ज्यामितिको विन्दुमा लम्वाई र चौडाई सर्वथाहुन नै सक्दैन । यतिमात्र नभएर त्यो विन्दु कल्पनामा बाहेक अन्यत्र हुन सक्दैन । कागजमा हुने बितिकै त्यो अ–बिन्दु बन्दछ ।यहीअवस्थावासनाको हो । वासनाको प्रभावबाट धर्म, राजनिती, इतिहास, काव्य, साहित्यकुनै अछुतो छैन । यानि, वासनाको प्रभाव सबैमा छ, नकार्न सकिन्न । यस किसिमबाट सर्वोच्च वन्नपुगेको वासनालाई हेर्ने र व्यवहारमालागु गर्ने प्रश्न नै सहि साहित्यहो यस्तो लाग्न थालेको छ ।
स्वच्छ साहित्यको यही नै आशयहो । यस आशयसंग शब्दप्रयाप्त छ । जस्तो अद्भुत, विचित्र, अनौंठो, निरालाआदि । यीशब्दहरूमामर्यादाको ध्वनी धेरै छ ।वासना निरर्थक हो यो दावा गर्नेकाम अग्रगामी होइन, मर्यादा नाघ्यो भने वासनाले दावानल ल्याउँछ । साँच्चै भन्ने हो भने जेठो छोरो बाहिर नोकरी गर्ने गथ्र्यो, श्राीमती पनि सँगै राख्थ्यो— मेरो कान्छो भाईको सहपाठी भएको र विवाहको लमि पनि बनेको हुँदा— त्यो रात हाम्रो बास त्यहाँ परेको हो । वरालिएको बहिनीलाई उसले नसम्झाएको होइन, त्यो वातावरणमा ‘एक्लो वृहस्पति’ न ठहरियो ऊ ।
आफ्नो शासनमा हस्तक्षेप भएको नीरजा देवी सहन्थीनन् ।
माहिलो काठमाडौं पढ्न बसेको थियो, यता घरमा कान्छोले माहिली भाउजुको भूँडी बोकाइदिएको रहेछ । आत्मीयता त्यस घरमाथिएन, थियो त वासनाको खेल कसले कति सफाईसाथ खेल्न सक्छ । त्यो घरको परम्परा जो मेरो लागी एकदम नवीन थियो— त्यसो भएको हुँदा धेरै बर्ष वितेपनि महत्वको साथमा अतीतको कडीलाई जोड्ने प्रयत्नगर्दैछु ।
मलाई नवीन लागे पनि यौवनको प्रश्ननवीनहोइन, एकदम पुरातन हो । यसमा बहकिएकाहरूलाई गति छाडा भनिन्छ । गतिछाडाहरू हरेकयुगमा हरेक देशमा हुन्छन्, तिनीहरू आफैलाई महत्व दिने हुँदा दिलचस्पीको कारण पनि रहन्छन् । तर कहिल्यै यस्ता गतिछाडाहरूको महत्वभएन, पानीकाफोकाझैं बने जो देखा पर्छ र केही समयमै विलाउँछ । समयको गतिमा डुवेर यस्ताहरू विलाउन पुग्छन् । दीर्घजीवी यिनीहरू हुँदैनन् क्षणीकको लागी बाँच्दछन् ।यस किसिमबाट, समाजका श्रमजीवी, व्यवहारीक मानिसहरूबाट यस्ता पृथक हुन्छन् र आफैमा मस्त रहन्छन् । मस्त रहेको त्यस घरमा हामी पुग्दा कान्छो छोरा र माहिली वुहारी थिएनन् । तर माहिलो छोराले भने अर्की श्राीमती ल्याइसकेको थियो ।
बहिनीसँग छाडा किसिमले माहिलो दाइ जिस्किएको देख्दा नराम्रो लाग्यो । गाउँकाअल्लारे केटाहरू कोहीमा इजु, काकी, दिदी, वैनी, भाउजुको नाता जोडी नाताको सीमा उलंघन गरेको मैले पाए । यो लेखन सत्यहो र सो को अभिव्यक्ति हो ।
हरेक ठाउँमा मानिस छन्, उमेरगत क्रममा जवान सबै हुन्छन् । जवानीको जोसमा होस राख्न सकिएनभने गहिरो खाल्डोमा खसिन्छ । मन परेकाहरू सँग लहसीनु कुनै आइतवार पर्खनु पर्दैनथ्यो त्यो घरमा । जेठो दाजुको स्वभाव फरक प्रकृतिको भएको हुँदा आँखाको कसिङ्गर बनेको थियो— सबैको ।
‘ज्यालामानमिलेको डुम’ जो अंधाको देशमाअंधो र लङ्गडोको देशमा लङ्गडो बन्न सकेको थिएन । रजनीको जेठो दाजु र मेरो कान्छो भाई सहपाठी थिएक्याम्पसमा पढ्दादेखिकै । वासनाको क्षेत्रमा मेरो पहिलो प्रत्यक्ष सम्पर्क थियो, प्रत्यक्ष शब्द म जुन समाजमा जन्मि हुँर्किएको थिए यस्तो खुलापनथिएन । एकै घरमा हुर्किएकाहरू बीचपनि ठूलो भिन्नता थियो । वासनाको आधीमा डुबुल्कि लगाउँनु पर्छ, वासनाको आँधीलाई वसमा राख्नु पर्छ भन्ने मान्यता राख्ने बीच एकता थिएन ।
संयोगले अनुभव बटुल्न म त्यो घरमाबास बस्न पुगे ।आफूले भोगेको, देखेको, सुनेको, महसुस गरी कल्पना गरेको कुरो न लेख्ने हो साहित्यमा । जीवनको भोगाई साहित्य हो । कसैले भोगलाई धेरै महत्व दिन्छ । त्यसै भएको हुँदा साहित्यको स्वादपनि फरक फरक हुन्छ ! यस्तो साहित्यमा पाइन्छ, त्यसैभएको हुँदा साहित्य रसिलो हुन्छ, अकृत्रिम हुन्छ ।
आज वासनाको चर्चा छ चारैतिर । चारैतिर छ, यानी वासनालाई नकार्न सकिन्न यथार्थमा यो व्याप्त छ । यो वासनालाई अतिरञ्जित बनाउँनेको कृपाहो । विशेषगरेर नारी यौवनलाई खेलौना ठान्ने विचारको ।
यो वर्तमानको मात्र कुरो हैन, स्वयं परमपिता बनेका ब्रह्माले आफ्नै छोरी सरस्वतीलाई पत्नी बनाउँन पुगे । यति मात्र हैनतिनै सरस्वतीकी कान्छी बहिनी इडा त पिंगला नै बनिन् । यसकारण वासनाको वशमा पर्ने कि वशमा राख्ने यो कुरोको टुङ्गो व्यक्तिको व्यवहारले लगाउँछ । कतिपय नैतिकताको पाठ सिकाउँने महात्माहरू कम्मल ओढेर घिउ प्यूने गरेको पोल समय समयमा उदाङ्गिने गरेको पाइन्छ । उमेरको साथ साथै बढने यौनेच्छालाई सामाजिक मान्यतामा नराख्नेहरूलाई नै चरित्रहिन भन्नेगरेको भान भयो मलाई । स्पष्ट छ यौवनको कारणले नै समाजमा चरित्रवान र चरित्रहिन संज्ञा बन्यो । यौवन यथार्थमा कसी हो समाजिक मर्यादाको । मर्यादाको नामकाकेही कुण्ठित हुनपुगेको पनि पाइएको छ । यौवनको आँधीले उडाउँदा कतिपयले आत्महत्याको बाटो रोजेको पाइन्छ । यसको आँधीले बिग्रह ल्याउँछ, विभत्स निम्त्याउँछ । भाईको टिकाटालो निमित्त जाँदा बाध्यतावश त्यो घरमा बास बसिएको थियो । राती पख कुराकानीहुँदा, आँखा र कान सजगहुँदा मैलो लगाएको अनुमानलाई रजनीको झम्टाईले पुष्टि गरिदियो ।
त्यो परिवार वासनाको आँधीमा पूर्णत डुब्नुमा नीरजा देवीको हात छ । यसो भनौं अभिभावकले गति छाड्यो भने बाल बच्चाहरू मूस्किलले सप्रिन्छ । वासना नूतन होइन सनातन हो । यसको वशमा परेकाहरू सामाजिक मान्यतामा चरित्रहिनको स्थानमा पर्छन् । केही कुख्याती नाम औलामा गनाइन्छ । जो क्षणाधीन थिए, तिनीहरू चरित्रवानको रूपमा पर्नै सक्दैनन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक