Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/08/DSC0375-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

आकाशदिप कलेजको अभिमुखीकरण तथा क्यारियर काउन्सेलिङ सम्पन्न

कपन अनलाइन

काठमाडौँ,भाद्र ४। गोकर्णेश्वर नगरपालिका वडा नं ७ दक्षिणढोकामा संचालित आकाशदिप कलेजले कक्षा ११मा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण तथा क्यारियर काउन्सेलिङ सम्पन्न गरेको छ। गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको आकाश दिप प्लस टु कलेजको  कक्षा ११मा  विज्ञान, सहित व्यवस्थापन,मानविकी र कानुन बिषयमा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण तथा क्यारियर काउन्सेलिङ गरिएको हो  ।

 शुक्रबार आकाशदिप स्कुलको सगरमाथा हलमा  कलेजका प्रिन्सिपल मदन सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ सामाजिक अभियन्ता उत्तम पुडासैनी, बाल रोग बिशेषज्ञ डा. सन्तोष अधिकारी, उत्प्रेरक एबम बैंकर  प्रशान्त उपाध्याय, इन्जिनियर द्वारिका अधिकारी,  फ्याकल्टी हेड शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा कलेजका प्रिन्सिपल मदन सुवेदीले स्वागत मन्तब्य राख्दै बिद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी गराएका थिए।

भयरहित वातावरणमा विद्यार्थीहरूले पठनपाठन गर्न सक्ने सुविधा सम्पन्न भौतिक संरचना रहेको  आकाश दिप कलेजले  गुणस्तरीय शिक्षासँगै संस्कार सहितको सीपमूलक शिक्षालाइ प्राथमिकतामा राखेको  कलेजको प्रिन्सिपल सुवेदीले बताएका थिए। कलेजले सधै अब्बल बन्न प्रेरित गराउने वातावरण सिर्जना गर्ने तथा विद्यार्थीहरुको शैक्षिक संगै अतिरिक्त क्रियाकलपमा समेत ध्यानमा राख्दै गुणस्तरीय शिक्षामा कलेजले  जोड दिने उनको भनाइ रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा संकायका प्रमुखहरुले विषयको जानकारी, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा प्रस्तुतीकरण गरेका थिए  भने कार्यक्रममा सामाजिक अभियन्ता उत्तम पुडासैनी, बाल रोग बिशेषज्ञ डा. सन्तोष अधिकारी, उत्प्रेरक एबम बैंकर  प्रशान्त उपाध्याय, इन्जिनियर द्वारिका अधिकारी, लगायतले  कडा मिहेनत गरे असम्भव भन्ने कुरा केही नभएको बताउदै आफ्नो उदेश्य प्राप्तिका लागि आफैले आफैलाई नढाटेर अध्ययनमा लगाव बढाउन पर्नेमा जोड दिएका  थिए ।उनीहरुले विद्यार्थीलाई समयको महत्त्व दर्शाउँदै समयको उपयोगिता सफलताको प्रमुख आधार भएको बताएका थिए भने, भविष्यका सम्भावना र शैक्षिक गन्तव्यका विषयमा समेत  काउन्सेलिङ गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसालले कलेजले बातावरण निर्माण गरिदिने तर  सफलताका लागि विद्यार्थीको आफ्नो मेहनत महत्वपूर्ण हुने बताएका थिए। नया भर्ना भएका बिद्यार्थीहरुलाई उनले अनुशासित भई मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिएका थिए साथै नगरपालिकाले रोजगार मुखी कार्यक्रमलाइ अघि बढाउने बताउदै त्यसमा सबैको साथ आवश्यक रहेको बताएका थिए ।दक्ष जनशक्ति भएमा बेरोजगार हुनुनपर्ने बताउदै दक्ष जन शक्ति उत्पादन गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।