शिखर छहारी सांस्कृतिक कला केन्द्र द्वारा आयोजित उपत्यका ब्यापी बिवाहित महिलाहरुको सामुहगत तीज नृत्य प्रतियोगिता सम्पन्न

शिखर छहारी सांस्कृतिक कला केन्द्र द्वारा आयोजित उपत्यका ब्यापी बिवाहित महिलाहरुको सामुहगत तीज नृत्य प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौँ,भाद्र ४। शिखर छ्हारी सांस्कृतिक कला केन्द्र गोकर्णेश्वर ८ द्वारा आयोजित उपत्यका ब्यापी बिवाहित महिलाहरुको सामुहगत तीज नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ। शुक्रबार शिखर छ्हारी सांस्कृतिक कला केन्द्रको अध्यक्ष कल्पना राजचलको अध्यक्षतामा हिम्स स्कुल जोरपाटी नारायणटारमा सम्पन्न उक्त प्रतियोगिताको प्रमुख अतिथिको रुपमा

प्रतिनिधि सभा सदस्य एबम नेकपा एमाले पोलिटब्युरो सदस्य माननीय कृष्ण बहादुर राइ रहेको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल,उप प्रमुख सान्नानी लामा, निवर्तमान नगर प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ वडा नं ६ का वडा अध्यक्ष नवराज लामा जय मल्टिपल क्याम्पसका भवानी प्रसाद पौडेल  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का निवर्तमान वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ समाजसेवी कुमार श्रेष्ठ  लगायत आयोजक संस्थाका पदाधिकारी सहित प्रतिस्पर्धी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एबम नेकपा एमाले पोलिटब्युरो सदस्य माननीय कृष्ण बहादुर राइले पानसमा दिप प्रज्वलन सहित उद्घाटन गरिएको उक्त कार्यक्रममा शिखर छ्हारी सांस्कृतिक कला केन्द्रका  संस्थापक उपाध्यक्ष प्रेम  श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए ।

 २५ वटा समूहले प्रतिस्पर्धा गरेको  उक्त प्रतियोगितामा सप्तरंगी कला केन्द्रले प्रथम स्थान हासिल गरेको थियो भने आनन्द गणेश महिला समूह दोस्रो , रिम्स स्कुल तृतीय  र  चामुण्डा माध्यमिक बिध्यालय चौथो भएको सो

प्रतियोगितामा टाइमलाइन स्कुल पाँचौ भएको छ ।कार्यक्रममा प्रथम दितीय तृतीय चौथो र पाचौ हुने टिमलाइ   क्रमश नगद पुरस्कार रु २० हजार, १५ हजार, १० हजार ,५ हजार   सहित  शेल्ड /ट्रफी  मेडल र प्रमाण पत्र  कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले प्रदान गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।