काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धन चर्चा : स्थानीय तहको मतपरिणामा को बलियो ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ३।

सरकारले मंगसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेस सभा निर्वाचनको मिति घोषणा गरे संगै काठमाण्डौ क्षेत्र नं ४ मा गठबन्धनको चर्चा निकै ब्यापक बनेको छ।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेक काठमाण्डौ क्षेत्र नं ४ मा स्थानिय तहको निर्वाचनमा वडा अध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले ७४४ मतले नेपाली कांग्रेस भन्दा अगाडी रहेको छ।

सबै राजनीतक दलहरु एक्ला एक्लै निर्वाचनमा गएको खण्डमा यस क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेस विच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।काठमाण्डौ क्षेत्र नं ४ का ९ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १६५०७ रहेको छ भने ३ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १५,७६३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ४ मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले २,४१४ मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ८४४ र राप्रपाका उम्मेदवारहरुले  २,२९३  मत प्राप्त गरेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ मा पांच दलीय गठबन्धन भएको अवस्थामा नेपाली कांग्रेस ,नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको कुल मत १९०२१ रहेको छ भने नेकपा एमाले र राप्रपा विच गठबन्धन भएमा ति दुई पार्टीका वडा अध्यक्षहरुले प्राप्त गरेको कुल मत १८८०० हुन्छ।यदि यस क्षेत्रमा गठबन्धन भएको अवस्थामा पांच दल केवल २२१ मतले अगाडी देखिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा पाँच दलीय गठबन्धन एकातिर र  एमाले राप्रपा अर्कोतिर गठबन्धन भएको अवस्थामा निकै रोचक प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार  गगन कुमार थापाले २,१५५८ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका डा.राजन भट्टराईले १,८१४० मत प्राप्त गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।