काठमाण्डौ क्षेत्र नं ६ ( १ ) मा युवा नेतृत्वको बहस र निरेशलाल सिंहको चर्चा
कपन अनललाइन
काठमाडौं, साउन ३०।
सरकारले मंगसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरे संगै काठमाण्डौ क्षेत्र नं ६ ( १ ) मा पनि सम्भावित उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा सुरु भएको छ।
२०७४ सालको प्रदेस सभा निर्वाचनमा विजयी बनेका केशव स्थापित काठमाण्डौ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बने संगै नेकपा एमालेमा भावी उम्मेदवारको बहस सुरु भएको समयमा काठमाण्डौ क्षेत्र नं ६ (१ ) मा युवा नेता निरेशलाल सिंह महर्जनको चर्चा सुरु भएको छ।
तत्कालिन प्रजातान्त्रिक रास्ट्रिय युवा संघ ( प्ररायु संघ ) को प्रारम्भिक कमिटीबाट औपचारिक राजनीति सुरु गरेर काठमाण्डौ जिल्ला कमिटीको अध्यक्ष हुँदै केन्द्रीय सचिव बनेका सिंह हाल नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा प्रदेस क्षेत्रको संयोजक रहेका छन।
काठमाण्डौ क्षेत्र नं ६ र प्रदेस सभा क्षेत्रमा युवा नेतृत्वको बहस चलिरहेको समयमा उम्मेद्वारी दावीका लागि आन्तरिक परामर्शमा रहेका सिंह नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष रहिसकेका छन।
काठमाण्डौ जिल्लाको भूगोलमा क्रियाशील र जुझारु संगठकको पहिचान बनाएका सिंह नेकपा एमालेको क्षेत्रीय कमिटी सदस्य हुदै जिल्ला कमिटी सदस्य बनेका थिए।