काठमाण्डौका १३८ वडा : कांग्रेस ७२ र एमाले ५४ ,कुन नगरमा कसको कति वडा ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २६।

स्थानीय तहको निर्वाचन २०७९ मा काठमाण्डौ जिल्लाका १३८ वडा मध्ये नेपाली कांग्रेसले ७२ वडामा अध्यक्ष पद जितेको छ भने नेकपा एमालले ५४ वटा वडामा जित हासिल गरेको छ।

काठमाण्डौ जिल्लामा राप्रपाका ४ वडा अध्यक्ष रहेका छन भने नेकपा माओवादी केन्द्रका ३ र नेकपा एसका २ जना वडा अध्यक्षहरु रहेका छन। यस जिल्लाका १३८ वडा मध्ये ३ वडाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन।

एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाण्डौ जिल्लाका ७ नगरमा नेपाली कांग्रेसले प्रमुख पदमा जितेको थियो भने नेकपा एमाले २ र राप्रपा १ नगरपालिकाको प्रमुखमा विजयी भएका थिए। काठमाण्डौ महानगरपालिकाको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएका थिए।

त्यस्तै काठमाण्डौका ११ स्थानीय तह मध्ये ६ वटामा नेकपा एमालले उपप्रमुख पदमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसका ५ उपप्रमुखहरु रहेका छन।

कुन नगरपालिकामा कति वडा ? 

१. काठमाण्डौ महानगरपालिका 

यस माहानगरपालिकाका ३२ वडा मध्ये नेपाली कांग्रेसले १९ वडामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले १२ वटा वडा अध्यक्ष जितेको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा अध्यक्षमा जित हासिल गरेको छ।

२.शंखरापुर नगरपालिका 

यस नगरपालिकाका ९ वटा वडाहरु मध्ये ४ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा राप्रपाका वडा अध्यक्ष रहेका छन। त्यस्तै यस नगरपालिकामा नेकपा एमालले १ र नेकपा माओवादी केन्द्रले १ वडा अध्यक्ष जितेका छन।

३.कागेश्वरी मनोहरा नगरपालिका   

कागेश्वरी मनोहरा नगरपालिका नौ वटा वडाहरु मध्ये ५ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन। यस नगरपालिकाको १ वडामा नेकपा एसले जित हासिल गरेको छ।

४.गोकर्णेश्वर नगरपालिका 

गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडाहरु मध्ये नेकपा एमालले ५ वडा वडा अध्यक्षमा जित हासिल गरेको छ भने नेपाली कांग्रेका  ३ वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

५.बुढानिलकण्ठ नगरपालिका

बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्ये नेकपा एमालेले १० वटा वडामा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले २ वटा वडामा जित हासिल गरेको छ। यस नगरपालिकामना १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

६.टोखा नगरपालिका   

टोखा नगरपालिकाका ११ वटा वडाहरु मध्ये ९ वडामा नेकपा एमालेका अध्यक्षहरुले जित हासिल गरेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन।

७. तारकेश्वर नगरपालिका 

तारकेश्वर नगरपालिकाका ११ वटा वडाहरु मध्ये ८ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन भने ३ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन।

८.नागार्जुन नगरपालिका  

नागार्जुन नगरपालिकाका १० वटा वडाहरु मध्ये ५ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष राप्रपाका रहेका छन।

९.चन्द्रागिरी नगरपालिका   

चन्द्रागिरी नगरपालिकाका १५ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरुले जित हासिल गरेका छन। यस नगरपालिकाका २ वडामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष रहेका छन।

१०.किर्तिपुर नगरपालिका   

किर्तिपुर नगरपालिकाका १० वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।

११.दक्षिणकाली नगरपालिका 

दक्षिणकाली नगरपालिकाका ९ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।