पशु एम्बुलेन्स खरिद गर्न कागेश्वरी मनोहरा नगरपालिकाले गर्यो आर्थिक सहयोग

पशु एम्बुलेन्स खरिद गर्न कागेश्वरी मनोहरा नगरपालिकाले गर्यो आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं साउन २४ ।  असहाय गाईबाछा संरक्षण अभियानका लागि एम्बुलेन्स खरिद गर्न कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक सहयोग  गरेको छ ।सोमबार नगर प्रमुख उपेन्द्र कार्कीले  सडकमा अलपत्र गाईबाछाहरुको उद्धारलाई सहज बनाउन पशु एम्बुलेन्स खरिदका लागि कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट रु. २३ लाखको चेक  असहाय गाईबाछा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई  हस्तान्तरण गरेका हुन ।

सडकमा अलपत्र गाईबाछाको उद्धारमा कृयाशिल असहाय गाईबाछा संरक्षण अभियानको आश्रयस्थलमा झण्डै २०० वटा गाईबाछाले संरक्षण पाईरहेका छन भने अभियान अन्तर्गत सडकमा अलपत्र छाडिएका गाईबाछाहरुको उद्धार हरेक दिन गरिंदै आएको छ ।स्वयंसेवी स्तरमा संचालित अभियानमा ब्यापक जनसमर्थन रहँदै आएको अभियानका संयोजक उत्तम पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए । एम्बुलेन्स खरिदको लागि प्राप्त सहयोग  संगै अभियानमा नयाँ आयाम थपिएको  जानकारी दिदै  उनले आगामी हप्ताबाट अलपत्र गाईबाछाको उद्धार लगायत उनीहरुको उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा ल्याउने तयारी गरेको पनि जानकारी गराए ।पबित्र कार्यमा नगरले गरेको सहयोगको लागि नगरपलिकालाई धन्यवाद दिएका छन । चेक हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे लगायत कर्मचारीको समेत उपस्थिति रहेको थियो

तपाइँको प्रतिक्रिया ।