कपनको “शिव पुराण महायज्ञ”मा नेता देखि समाजसेवी सम्म :भव्य बनेको महायज्ञको भोलि समापन

कपनको “शिव पुराण महायज्ञ”मा नेता देखि समाजसेवी सम्म :भव्य बनेको महायज्ञको भोलि समापन

कपन अनलाइन

काठमाण्डौ ,साउन २३।

हिंसामा परेका महिलाहरूको सहयोगी सामाजिक संस्था ‘रक्षा नेपाल’को सहयोगको लागि कपनमा भएको शिव पुराण महायज्ञ सफल रुपमा सम्पन्न हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा साउन १४ गतेदेखि शुरु भएको महायज्ञ भोलि २४ गते समापन हुनेछ।  विगत १९ वर्षदेखि यौनजन्य हिंसामुक्त समाज निर्माणमा क्रियाशील संस्था रक्षा नेपालले किशोरीहरूको शिक्षा दीक्षा तथा पालनपोषणका लागि सहयोग पुर्याउन आयोजना गरिएको महायज्ञमा केन्द्रिय देखि स्थानीय नेता सम्मले सहभागिता जनाउदै सहयोग गरेका छन।

सो महायज्ञमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा ,नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा सहित सयौ स्थानीय नेता तथा विभिन्न क्षेत्रका विसिस्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

साउन भगवान् शिवजीसँग जोडिएको महिना भएकोले  भगवान् शिवको पूजा र व्रत सहित  शिबपुराण महायज्ञ लगाएको मूल समारोह समितिका संयोजक संगीता पन्तले जानकारी दिएकी छन।

पवित्र उदेस्य सहित आयोजना गरिएको महायज्ञमा भक्तजन र सहयोगीहरुको निकै न्यानो सहभागिता रहेको बताउदै रक्षा नेपालकी संस्थापक मेनुका थापाले  भोलि साउन २४ गते हुने समापनमा सहभागिताका लागि अनुरोध  गरेकी छ।

स्थानीय महिला समुहरुको सक्रियतामा भएको सो महायज्ञमा पण्डित नारायणप्रसाद पौडेलले कथा वाचन गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।