काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा तेज प्रसाद ढकालको चर्चा …….

कपन अनलाइन

काठमाण्डौ ,साउन २२।

निर्वाचनको मिति घोषणा भए संगै काठमाडौं क्षेत्र नं ४ (१ ) मा पनि सम्भावित उम्मेदवारहरुको वारेमा चर्चा सुरु भएको छ। काठमाण्डौ महानगरपालिकाका ४ वडा रहेको यस प्रदेस  निर्वाचन क्षेत्रमा पनि नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नेहरुको चर्चा परिचर्चा सुरु भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं १,७,८ र ३० रहेको काठमाण्डौ क्षेत्र नं ४ (१ ) मा नेकपा एमालेका तर्फबाट सम्भावित  उम्मेदवार बन्नेहरुको चर्चामा तेज प्रसाद ढकाल शशक्त दावेदार देखिएका छन।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका उप सचिव रहेका ढकाल यस अघि काठमाण्डौ क्षेत्र नं ४ को संयोजक समेत रहेका थिए भने उनले लेखापढी संघमा पनि लामो समय नेतृत्व गरेका थिए।

काठमाण्डौ महानगरपालिका वडा नं ३० निवासी ढकालले बाहिर मुख खोलेरै उम्मेदवार बन्ने नबताए पनि उनलाई सम्भावित शशक्त दावेदार मान्न सकिने एक क्षेत्रीय नेताले बताएका छन ।

लामो समयदेखि काठमाण्डौ जिल्ला कमिटीमा सक्रिय रहेका ढकालले हरेक निर्वाचनमा महत्वपूर्ण योगदान पुर्याउदै आएका छन भने प्रकासन र संगठनमा उनको विशेष रुची समेत रहेको छ।

२०७४ सालमा भएको प्रदेस सभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार नरोत्तम बैध ८,७१८ मत सहित विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी निर्मल कुइकेलले ७,७९४ मत प्राप्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।