नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला हुने

नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला हुने

कपन अनलाइन

काठमाण्डौ ,साउन २२।

नेकपा (एकीकृत समाजवादी) आवद्द नेपाल खेलकुद महासंघ समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला हुने भएको छ ।

यही साउन २८ र २९ गते काठमाडौँमा हुने भेलालाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको  छ ।

जस अनुसार साउन २८ गते हुने  केन्द्रीय कमिटीको बैठक र  २९ गते हुने  राष्ट्रिय कार्यकर्ता भेलामा  खेलकुद महासंघको रणनिति भावी योजना र समीक्षा गर्ने महासङ्घका उपमहासचिव तथा प्रचार विभाग प्रमुख नारायण गमालले जानकारी दिएका  छन  ।

सो  भेलामा ७ वटै प्रदेश, जिल्ला ,नगर सहित विभिन्न २७ वढी खेल घटक संघहरु सहित ७ सय बढीको सहभागिता रहने  छ ।

तपाइँको प्रतिक्रिया ।