प्रतिनिधि सभा निर्वाचन २०७४ फर्केर हेर्दा : कस्तो थियो काठमाण्डौ क्षेत्र नं ५ मा मत परिणाम ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २२।

सरकारले २०७९ मंगसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचनको मिति घोषणा गरेको छ।

कपन अनलाइनको चुनाव चर्चा शृंखलामा २०७४ सालको प्रतिनिधी सभा र प्रदेस सभा निर्वाचनमा विभिन्न पार्टीका उम्मेदवारहरुले प्राप्त गरेको मत विवरण प्रस्तुत गर्दै आएका छौ।

काठमाण्डौ क्षेत्र नं ५ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेल विजयी बनेका थिए भने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत निकटतम प्रतिद्वन्दी रहेका थिए।

निर्वाचन आयोगको मतपरिणाम अनुसार सो निर्वाचनमा पोखरेलले २३,०२९ मत प्राप्त गरेका थिए भने महतले १३,१६९ मत प्राप्त गरेका थिए। त्यस्तै सो निर्वाचनमा विवेकशील साझा पार्टीका स्व.उज्जव बहादुर थापाले ६८५३ मत प्राप्त गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका बिर बहादुर डंगोलले ६३६ मत प्राप्त गरेका थिए।

काठमाण्डौ महानगरपालिकाका ४ वटा वडा ,बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा र टोखा नगरपालिकाका ६ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ मा २०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५  का १५ वटा वडामा अध्यक्ष उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा ४८५०  मतले अगाडी रहेको छ।

काठमाण्डौ क्षेत्र नं ५  का ११ वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेकपा एमालेको कुल मत १९७०३  रहेको छ भने ३  वटा वडामा अध्यक्ष पदमा निर्वाचित भएको नेपाली कांग्रेसको मत १४८५३ रहेको छ।

निर्वाचन आयोगमा उल्लेख गरिएको मत परिणाम अनुसार काठमाण्डौ क्षेत्र नं ५  मा नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बनेका उम्मेदवारहरुले १८२७  मत प्राप्त गरेका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ११६८ र राप्रपाका उम्मेदवारहरुले २८२२ मत प्राप्त गरेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।