सास फेर्ने शक्ति : छायाँदत्त न्यौपाने (कविता )

सास फेर्ने शक्ति : छायाँदत्त न्यौपाने (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

भो छाडिदेऊ कतिखर्चिन्छौ
यो ध्वाँसिएको अनुहार मिलाउन !
बरु त्यो पुर्पुरो अलिकति
ताछतुछ पार न !
अनुहार त धुवाँधुलो बाहेक के उठाउँछ र ?
कतै पुर्पुरोमा अलिकति संवेदना
थोरै विकेक अनि
एक चिमटी नैतिकता अटाउँछ कि !
हो, साँच्चै हो विचार गर
काम लाग्छ
विचार बलियो भयो भने
के बेर !
तिमीले बिर्सेको इमान
र देशको सानलाई
सास फेराउने शक्ति
विचार त हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।