काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा केदारराज पुडासैनीको कसरत ……

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा केदारराज पुडासैनीको कसरत ……

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

निर्वाचनको मिति घोषणा भए संगै काठमाडौं क्षेत्र नं ४ (२) मा उम्मेदवारी दावी गर्नेहरुको शंख्या  बढ्ने क्रममा रहेको छ। २०७४ सालको निर्वाचनमा नेकपा एमालेके जितेको र स्थानीय तहको निर्वाचनमा पनि दमदार जित निकालेको नेकपा एमालेमा अहिले धेरै नेताहरुले आन्तरिक चलखेल र परामर्शलाई तिव्र बनाएका छन।

कुनै पनि नेता प्रवल दावेदार नरहेको काठमाडौं क्षेत्र ४(२) को प्रदेस सभा सदस्य दावी गर्नेहरुको दौडमा नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय समितिका सचिवालय सदस्य केदारराज पुडासैनी पनि थपिएका छ्न। करिव ४ दशक नेकपा एमालेको आन्दोलनमा सक्रिय रहेर योगदान पुर्याएका पुडासैनी काठमाडौं क्षेत्र नं ४ का पुराना संगठक हुन।

२०७४ साल र २०७९ सालमा सर्वाधिक कठिनु भनेर चर्चा गरिएको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ मा निर्वाचन परिचालन कमिटीको संयोजक रहेर नेकपा एमालेलाई जिताउने अभियानको नेतृत्व गरेका पुडासैनी बुद्धिजीवी सहयोग समिति काठमाडौं क्षेत्र नं ४ का पुर्व अध्यक्ष समेत हुन।

त्रिभुवन विश्व विध्यालयमा विधावारिधी सोधरत रहेका उनले ओखलढुंगा – काठमाडौं सम्पर्क मंच र प्रगतिशील प्राध्यापक संघमा समेत लामो समय योगदान पुर्याएका छन। २०५१ सालमा तत्कालीन नयाँ बस्ती टोल सुधार समिति स्थापना गरेर कपन क्षेत्रमा सामाजिक गतिविधिलाई अगाडी बढाएका पुडासैनीले शिक्षा क्षेत्रको विकासमा पनि योगदान पुर्याएका छन।

निजि तथा आवासीय विध्यालय संगठन काठमाडौं (PABSOK) का संस्थापक अध्यक्ष रहेर क्षेत्रको शैक्षिक विकासमा टेवा पुर्याएका पुडासैनी पुष्पलाल बहुमुखी क्याम्पसका संस्थापक समेत हुन। त्रिभुवन विस्व बिध्यालयना दुई दशक भन्दा बढी अध्यापन गरेका पुडासैनी बुढानिलकण्ठ नगरपालिका वडा -१२ का स्थायी बासिन्दा हुन।

तपाइँको प्रतिक्रिया ।