सिँढीहरु : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

सिँढीहरु : जनार्दन अधिकारी ‘धड्कन’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

चाहनाको महलभित्र
सपनाको पहाडमा
विपनाको यथार्थ धरातलबाट
खोजिरहेछन्
सिँढी चढ्न मान्छेहरु
सिँढी नचढी
भेटिदैन गन्तव्य
खुशी टिप्न
सिँढी नै चाहिन्छ ।
सिँढीहरू नै हुन्
परिक्षाका सफलता,
नर्सरीबाट
कक्षा एक हुँदै स्नातकोत्तर
अनि पिएचडिसम्म
खुशीदिने
सिँढीहरूनै हुन्
सिँढी सँग
जोडिएर आउँछ
चढ्ने शब्द
ओर्लन को चाहन्छ ?
खुशीमाथिखुशीथपेर
जिन्दगीलाई सम्पन्नबनाउने
सिँढीहरु
अचेल
सिँहदरवार भित्र
उक्लँदैनन् कहिल्यै सिँढीहरु
दौरा शुरुवाललाएर
मन्त्रिको सपथलिन उक्लन्छन्
राजिनामादिएर ओर्लन्छन् ।
समृद्धिको नारालाउँदै
चढ्छन
भ्रष्टाचारीको
झोलाबोकेर झर्छन् ।
वर्थ डे मनाउन
पाँचतारे होटलमा
उक्लन्छन्
दुर्वेशनीको ताजपहिरिए
ओर्लन्छन्
विशालबजारमा हेर्नु त ?
आश्चर्य
लिफ्टबाट सिँढीहरु ओर्लिरहेछन्
जहाज चड्न
हतार गरि उक्लन्छन्
पैसाले भर्नु पर्ने
बाकसमाओर्लन्छन्
यन्त्र सिँढीहरु
मानवलाई नै यन्त्रबनाईरहेछन्
मान्छे हो बुझ
तिमी ज्ञानको सिँढी चढ
स्वाभिमानको सिँढी चढ
विश्वासको सिँढी चढ
सात्य प्रेमको सिँढी चढ
महंगीले चढेको सिँढीहरुमा
तिम्रो गच्छे नपुग्न सक्छ
भ्रष्टाचारको सिँढीमा
स्वाभिमान लड्न सक्छ
होसियार !
अचेल आफै ओर्लँदैछन्
सिँढीहरु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।