वर्षा महिमा : त्रिलोचन आचार्य (कविता )

वर्षा महिमा : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,साउन २१।

दर्र दर्र पर्यो  पानी हिलो मैलो यताउता
जिस्किँदै खहरे दौड्यो बारी खेत कताकता
उझाड वनका पाखा हरिया देखिए अब
हेर्न निस्कौँ सबै साथी प्राकृतिक महोत्सव ।

छिप्पिँदै पालुवा साना नाँच्न थाले रमाउँदै
गमक्क गम्किए हाँगाअग्लिँदै छुन्मुनाउँदै
लाग्छन् घोगाबनौँ ढुक्क मकैका वोटमा पनि
लहरा पहरा ढाक्छन् सुनी मौसमको ध्वनि ।

धर्तीको गर्न श्रृङ्गार इन्द्रेनी ओर्लिइन् तल
घामको स्पर्श पाएर पाखामा थपियो बल
फुर्किएर बढेको छ खोलाको गड्गडाहट
नयाँ नाटकको पर्दा खुल्न थाल्यो झटाझट ।

घसेर हरियो लालीवन पाखा खुलेपछि
हरियै गहनामायी खेतबारी खुलेपछि
त्यसैमा धरतीसिङ्गै देखेपछि सफाचट
हरियो सारीमा नारी निस्किँदैछन् फटाफट ।

उन्मत्त बैँसले होलाखोला छङ्छङ कुद्दछन्
झन् चर्को वेगमा आई झर्ना झर्झर झर्दछन्
खुसीले मख्ख भै आँपवोटमा लटरम्म छन्
झार्नुपर्छ भनीपानी मेघका दल टम्म छन् ।

देखिए पनि पाखामा पहिराका चिराहरू
सुनिएपनि फैलेका चट्याङ्गका कुराहरू
बाढी र भेलले ऐले देखाए पनि क्यै तम
दर्दका आँकुरा सारा साटियो सिर्जनासँग ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।