खगेन्द्र नवजीवन विशेष शिक्षा माविले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई दियो बधाई

खगेन्द्र नवजीवन विशेष शिक्षा माविले एसईई उत्तीर्ण  विद्यार्थीहरुलाई  दियो बधाई

कपन अनलाइन

काठमाडौं साउन २० । गोकर्णेश्वर नगरपालिका वडा नं ६   जोरपाटी नारायणटारमा रहेको खगेन्द्र नवजीवन विशेष शिक्षा माविले एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम  सम्पन्न गरेको छ।  गोकर्णेश्वर नगरपालिका वडा नं ६ का पूर्व वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रमेश अर्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  खगेन्द्र नवजीवन विशेष शिक्षा मावि बाट एस ई ई  परिक्षामा उत्तीर्ण भएका ४१ जना बिद्यार्थीहरुलाई बधाई तथा शुभकामना  दिईएको थियो।

कार्यक्रममा प्रधानाध्यापक राघव प्रसाद दवाडी सहित विद्यालयका शिक्षक शिक्षिका   विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।