काठमाडौं क्षेत्र नं ३ (२) मा उम्मेदवारी दावी गर्ने मनोज कुमार ढुंगानाको संकेत….

काठमाडौं क्षेत्र नं ३ (२) मा उम्मेदवारी दावी गर्ने मनोज कुमार ढुंगानाको संकेत….

कपन अनलाइन

काठमाडौं साउन २० ।  मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरे संगै  नेपाली कांग्रेस बाट काठमाण्डौ क्षेत्र नं ३ (२) मा मनोज कुमार ढुंगाना ले  उम्मेद्वारी दावी गर्ने  संकेत गरेका छन । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा अध्यक्ष  एबम पूर्व नगर प्रवक्ताको समेत सफल रुपमा  जिम्मेवारी बहन गरिसकेका ढुंगानाले प्रदेश सभा सदस्यमा उम्मेदवारी दावी गर्ने  कपन अनलाइन संगको संक्षिप्त कुराकानीमा  संकेत गरेका  हुन ।

लामो समय देखि सामाजिक क्षेत्रमा रहेको सक्रियतालाई राजनीतिमा समर्पित गर्ने प्रतिवदत्ता व्यक्त  गरेका   ढुंगानाले पार्टीमा  पुर्याएको योगदानको कदर गर्दै योग्य ठानेमा प्रदेश सभा सदस्य  उम्मेदवार बन्ने चहाना राखेको बताएका छन ।  जनतालाई सुख दु:ख आपतविपतमा सघाउदै  आएका ढुंगाना भन्छन,  “दिन रात नभनी पार्टी र जनताको काममा लागि परेको हुँदा पार्टी र जनताले आफ्नो कामको मूल्यांकन गर्नेमा बिश्वस्त  छु” ।

तपाइँको प्रतिक्रिया ।