राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)ले पाँचौ विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने

कपन अनलाइन 

काठमाडौं साउन १९ ।राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)ले  आगामी भदौ ४ गते शनिवार पाँचौ विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताआयोजना गर्ने भएको छ ।निसानले प्रत्येक वर्ष आयोजनागर्ने गरेको भएतापनि कोभिडका कारणले विगत २ वर्षदेखि आयोजना गर्न सकेको थिएन । विद्यार्थीहरु भित्र रहेको प्रतिभालाई उजागर गर्दै लोक संस्कृति र मौलिक पहिचानप्रति परिचित गराउँने उद्देश्यले उक्त कार्यक्रमआयोजना गर्न लागिएको  निसानका अध्यक्ष सौर्य नाथ आचार्यले जानकारी गराए  ।गोकर्णेश्वर नगरपालिका वडा नं–८मा रहेको  नविल फुडल्याण्डमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा करिव ३० विद्यालयका ५०० विद्यार्थीहरुले सहभागिता जनाएर आफ्नो प्रतिभा देखाउने मौका पाउने उनले बताए ।

उक्त कार्यक्रममा निसानमा आवद्ध सदस्य बिद्यालय मध्ये २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)मा प्राप्त नतिजाअनुसार उत्कृष्ट तीन विद्यालय तथा उत्कृष्ट जि.पि.ए ल्याउन सफल तीन विद्यार्थीलाई पनि सम्मान गर्ने संस्थाका महासचिव नवराज सापकोटाले जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।