केब्स कलेजले समयानुकुल शिक्षा मार्फत विद्यार्थीकाे क्षमता विकासमा जाेड दिदै आएको छ : प्रिन्सिपल सुरेश भट्टराई

केब्स कलेजले समयानुकुल शिक्षा मार्फत विद्यार्थीकाे क्षमता विकासमा जाेड दिदै आएको छ : प्रिन्सिपल सुरेश भट्टराई

कपन अनलाइन

काठमाडौं, साउन १९ । काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसालमा संचालित कुमारी इंगलिस बोर्डिंग स्कुल (केब्स) प्लस टु कलेजले योग्यता, क्षमता र आवश्यकताको आधारमा कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने प्रिन्सिपल सुरेश भट्टराईले कपन अनलाइनलाइ बताए। लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको केब्स प्लस टु का प्रिन्सिपल सुरेश भट्टराईले शैक्षिक वर्षका लागि धमाधम भर्ना लिइरहेको जानकारी दिदै योग्य तथा जेहेन्दार विध्यर्थिका लागि छात्रवृति लागयतका सुविधा रहेको जानकारी दिएका हुन

नियमित पठन पाठन संगै विद्यालयले विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको भन्दै प्रिन्सिपल भट्टराईले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन। केब्स प्लस टु कलेजले कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन पढाइ हुदै आएको छ । एस ई ई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको केब्स कलेजले भर्ना हुनको लागि आउने बिद्यार्थीहरुलाई छात्रवृत्ति लगायतको सुबिधा प्रदान गरिने बताए ।

अहिलेको समय सुचना प्रविधिको युग भएकोले प्रविधिमैत्री विद्यालय बनाउन लागि परेको बताउदै यस कार्यलाई प्रभावकारी बनाउनको लागि शिक्षकहरुलाई अभिमुखिकरण कक्षा, पठनपाठनका लागि शान्त एवं आकर्षक वातावरण, पर्याप्त खेलमैदान, आधुनिक प्रयोगशाला, प्रविधिमैत्री वातावरण, दक्ष प्राध्यापक यस कलेजका बिशेषता भएको प्रिन्सिपल भट्टराई बताउछन । विद्यार्थीको नतिजा रिजल्टमा आउने उत्कृष्ट नम्बरमा मात्रै सीमित नराखी उनीहरूको दैनन्दिनमा प्रयोगमा आउने संस्कार, बोली वचन, बजारमा प्रस्तुत हुँदा उनीहरूमा विकसित आत्मनिर्भरता र नेतृत्वदायी भूमिकामा समेत विद्यार्थीलाई उजागर गर्दै लैजाने खालको अध्ययन शैली केब्स कलेजले अबलम्बन गरेको उनि बताउछन ।

गरिब, बिपन्न, दुर्गम ठाउँबाट आउने विद्यार्थीहरूका लागि यस कलेजले कोटा छुट्टयाइएको हुनाले र अन्य कलेजले जस्तो विद्यार्थीलाई पैसाकै कारणले पढ्न नपाउने अवस्थाबाट वञ्चित हुनुपर्ने अवस्था कलेजले सृजना हुन नदिने बताउदै यो स्तरको कलेजले त्यतिको संख्यामा छात्रवृत्ति दिएर शिक्षालाई सर्वसुलभ बनाउने काम गरेको उनको भनाइ छ । केब्स कलेजमा कक्षा ११ का लागि भर्ना हुन चाहने बिद्यार्थीहरु कलेजमै आएर कलेजका बारेमा जानकारी लिन सकिने उनले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।