एम्बुलेन्स खरिद गर्न जोशी परिवारले गरे शंखरापुर नगरपालिकाललाई आर्थिक सहयोग

एम्बुलेन्स खरिद गर्न जोशी परिवारले गरे शंखरापुर नगरपालिकाललाई आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं साउन १९ । शंखरापुर नगरपालिकाललाई एम्बुलेन्स खरिद गर्न जोशी परिवारले आर्थिक सहयोग गरेका छन । नगरपालिकालाई एम्बुलेन्स खरिदका लागि  समाजसेवी सुरेन्द्र जोशी र रेखा जोशीले २५ लाख रुपैयाँ सहयोग गरेका  हुन ।काठमाडौंको बानेश्वर निवासी जोशी परिवारले शंखरापुर नगरपालिका भित्रका स्थानीय विरामी हुँदा अस्पतालसम्म पुग्न सहज होस भन्ने उदेश्यले एम्बुलेन्स खरिदका लागि  सो सहयोग गरेको बताएका छन ।

नगरपालिकामा एक कार्यक्रमका बिच नगरप्रमुख रमेश नापितलाई उनीहरुले २५ लाखको चेक हस्तान्तरण गरेका छन् । प्राप्त रकमबाट छिट्टै एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याउने नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन  ।नगरपालिकाले ६० बर्ष माथिका जेष्ठ नागरिक र गर्भवती महिलालाई अस्पताल लैजान निःशूल्क एम्बुलेन्स सेवा प्रदान गर्न सो सहयोगले अझै टेवा पुग्ने उनको विश्वास रहेको छ । शंखरापुर नगर अस्पताल अन्तर्गत रहेर सो एम्बुलेन्सबाट सेवा प्रवाह गरिने समेत  उनले बताएका छन्  ।प्रवक्ता श्रेष्ठले सहयोग जुटाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने राप्रपाका केन्द्रीय सदस्य एवं तारामण्डल महिला सशक्तीकरणका अध्यक्ष एवं समाजसेवी कुन्ति पोखरेल, समाजसेवी लक्ष्मण जोशीका साथै जोशी परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।