शैक्षिक उन्नयनको अब्बल लयमा जनकल्याण माध्यमिक विद्यालय

शैक्षिक उन्नयनको अब्बल लयमा जनकल्याण माध्यमिक विद्यालय

कपन अनलाइन
काठमाडौं,  साउन १७।

विक्रम सम्बत २०१० सालमा स्थापना भएको जनकल्याण माध्यमिक विद्यालय शैक्षिक उन्नयनको अब्बल लयमा देखिएको छ। काठमाण्डौ महानगरपालिका वडा नं ६ ,महांकालमा रहेको यो विद्यालय पूर्वाधार,प्रसासन,पठनपाठन र नबिन प्रयासका कारण अनुकरणीय   सामुदायिक विद्यालयका रुपमा परिचित रहेको छ।

विसं १९९० भन्दा अगाडी देखिनै शैक्षिक जागरणका लागि विभिन्न रचनात्मक गतिविधि संचालन हुँदै आएको मन्दिरको सत्तलमा स्थापना भएको सो विद्यालय २०५८ सालदेखि प्रवेशिका परिक्षामा सामेल भएको थियो।

बिहानी शत्रमा संचालित उच्च शिक्षा तर्फ शिक्षा ,व्यवस्थापन ,मानविकी र कानुन विषयको पठन पाठन गराउदै आएको जनकल्याण माध्यमिक विद्यालयमा इन्टरनेटको सुविधा सहित ICT हल,गणित प्रयोगशाला, कम्प्युटर प्रयोगशाला सहित विभिन्न सुविधाहरु रहेका छन।

हरेक वर्ष सयौ विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको यस विद्यालयमा प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म इन्जिनियरिङको पनि कक्षा संचालन हुदै आएको छ।

नियमित पठनपाठन संगै शैक्षिक तथा व्यक्तिगत परामर्श द्वारा विद्यार्थीहरुको रचनात्मक विकासका सहयोग पुर्याउदै आएको यस विद्यालयमा सुविधासम्पन्न पुस्तकालय,अनुभवी तथा सृजनशील शिक्षक र प्रभावकारी अध्यापन विधि जस्ता थप विशेषताहरु समेत रहेका छन।

जनकल्याण माध्यमिक विद्यालयले शैक्षिक विकास संगै विद्यार्थीहरुको रचनात्मक र सृजनशील क्षेमता अभिवृद्धिलाई प्रमुख उदेस्य बनाएको बताउदै प्रधानाध्यापक कुमारी कमला राईले व्यवस्थापन,प्रसासन र प्राध्यापकहरुको सहयोगले विद्यालय अब्बल बनेको धारणा व्यक्त गरेकी छन।

विद्यालयमा थप उपयोगी विषयहरु अध्यापन गराउने योजना रहेको जानकारी दिदै प्रधानाध्यापक राईले लामो इतिहास बोकेको जनकल्याण माध्यमिक विद्यालयलाई पहिलो रोजाइको शैक्षिक केन्द्र बनाउने उदेस्य रहेको बताएकी छन।

 

 

तपाइँको प्रतिक्रिया ।