नागरिकता बिधेयकको विरुद्ध दक्षिण कोरियाका संघ संस्थाहरुको ज्ञापनपत्र

नागरिकता बिधेयकको विरुद्ध दक्षिण कोरियाका संघ संस्थाहरुको ज्ञापनपत्र

कपन अनलाइन
काठमाडौं,  साउन १७ ।

दक्षिण कोरियाका विभिन्न  संघ संस्थाहरुले नागरिकता बिधेयकको विरुद्ध ज्ञापनपत्र बुझाएका छन।

दक्षिण कोरियामा सक्रिय रहेका  प्रवासी नेपाली एकता समाज (राप्रपा), विवेकशील साझा कोरिया, नेपाली एकता समाज , दक्षिण कोरिया नेपाली एकता समाज र  विश्व हिन्दु युवा संघले नेपाली राजदूतावास मार्फत ज्ञापन पत्र बुझाएका हुन्।

नेपाली राजदूतावासका काउन्सलर रमा पोखरेललाई ज्ञापनपत्र बुझाउदै तिन संघ संस्थाले नेपालको हित विपरित रहेको बिधेयक तुरुन्त फिर्ता हुनुपर्ने माग समेत गरेका छन।

सो अवसरमा प्रवासी नेपाली एकता समाजका अध्यक्ष संजिव भण्डारी , उपाध्यक्ष पारस राई , संरक्षक नारायण कार्की ,सल्लाहकार रुपक केसी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको प्रवासी नेपाली एकता समाजका उपाध्यक्ष पारस राईले जानकारी दिएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।