काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा जयराम थापाको नजर …..
कपन अनलाइन
काठमाडौं, साउन १७।
सरकारले प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गर्ने तयारी गरे संगै काठमाण्डौ क्षेत्र नं ४ का राजनीतिक दलहरुमा पनि सम्भावित उम्मेदवार र उम्मेद्वारीको दावीको क्रम सुरु भएको छ।
काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ का दुवै प्रदेसमा उम्मेद्वारीका लागि स्थानीय नेताहरुले आन्तरिक छलफल र परामर्शलाई तीव्र बनाएका छन।
बुढानिलकण्ठ नगरपालिकाका १,२ ,८,९,१०,११,१२ र १३ वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ (२) का नेताहरुले पनि अहिले निकै बाक्लो परामर्स र छलफलमा सक्रिय देखिएका छन।
राजनीतिक कारणले औपचारिक रुपमा कतै मुख नखोले पनि करिव ४ महिना पछी हुने प्रदेस सभा निर्वाचनमा उम्मेदवार बन्नका लागि नेताहरुले आन्तरिक कसरतलाई भने निकै जोड दिएका छन।
२०७९ साल बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका सबै वडामा अध्यक्ष जितेको नेकपा एमालेमा पनि अहिले सम्भावित दावेदारहरुका वारेमा चर्चा सुरु भएको छ।
हरेक निर्वाचनमा चर्चाको केन्द्रमा रहने काठमाण्डौ क्षेत्र नं ४ को यस प्रदेस क्षेत्रमा नेकपा एमालेका पुराना र युवा नेताहरुको ठुलो पंक्ति उम्मेद्वारी दावी गर्ने तयारीमा देखिएका छन।
काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका आकांक्षीहरुको दौडमा नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य जयराम थापा पनि निकै सक्रिय देखिएका छन।
बुढानिलकण्ठ -२ मा रहेको गणेश मावि, चपली अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्षका रुपमा औपचारिक राजनीति सुरु गरेका थापाले अनेरास्ववियु जिल्ला कमिटी हुँदै केन्द्रिय कमिटीमा रहेर जिम्मेवारी बहन गरेका थिए ।
वि. सं. २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्य रहेका थापाले क्षेत्र नं. ४ मा बुद्धिजिवी कमिटीको ईन्चार्जदेखि नेकपा एमाले केन्द्रिय संस्कृति विभागको सदस्यका रुपमा राजनीतिक योगदान पुर्याएका थिए भने नेकपा एमाले निकट प्रगतिशिल कानुन व्यवसायी संगठन (पिपिएलए) पाटनको अध्यक्ष हुँदै केन्द्रिय कमिटी सदस्यका रुपमा पेशागत योगदान दिएका छन।
२०७१ देखि २०७५ सम्म बुढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षका रुपमा धार्मिक, साँस्कृतिक, पर्यटकीय विकासमा सक्रिय रहेका थापाले अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारमा त्रिभुवन विश्वविद्यालयबाट स्नात्तकोत्तर गरेर भारतबाट अन्तर्राष्ट्रिय कुटनैतिक कानुनमा पिएचडी गरिरहेका छन् ।
लिभरपुल इन्टरनेशनल कलेजमा एक दशक भन्दा बढी कार्यकारी निर्देशकका रुपमा शैक्षिक विकासमा सक्रिय थापा अहिले बुढानीलकण्ठ- २ मा रहेको गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् ।