गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्र उद्घाटन

गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्र उद्घाटन

कपन अनलाइन 

काठमाडौं साउन १६ ।प्रधानमन्त्री शेरबहादुर देउवाले गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गरेका छन् ।वि.सं. २०५३ मा यस गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको शिलान्यास नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् शान्ति प्रक्रियाका नायक पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दैप्रधानमन्त्री शेरबहादुर देउवाले पर्यावरणीय स्वच्छता कायम गर्नका लागि उपत्यकाका सबै नदी तथा खोलामा फोहोरपानी प्रशोधन केन्द्रको स्थापना गरिने  बताएका थिए  ।बाग्मतीबाट सुरु भएको फोहोरपानी प्रशोधन केन्द्र अन्य शहरमा पनि स्थापना गरिने बताएका हुन ।   बाग्मतीमा प्रशोधन केन्द्र स्थापना गरेपछि पशुपति क्षेत्र पनि सफा हुने उल्लेख गर्दै धार्मिक पर्यटकको समेत विकास हुने विश्वास व्यक्त  गरेका थिए  ।

कार्यक्रमलाइ सम्बोधन गर्दै  खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाल सरकारको १५ औं योजना अनुसार प्रशोधनसहितको फोहोर पानीबाट लाभान्वित जनसङ्ख्या २० प्रतिशत तथा दीगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म ५० प्रतिशत हुने लक्ष्य रहेको बताए।‘‘हालसम्म नेपाल सरकारको ध्यान सम्पूर्ण नेपाली जनतालाई खानेपानी उपलब्ध गराउनेतर्फ केन्द्रित रहेकोमा फाहोर पानी प्रशोधन कार्यलाई पनि प्राथमिकताका साथ एकीकृतरुपमा अगाडि बढाउनु आजको आवश्यकता भएको हो’’, मन्त्री चौधरीले भने । उनले ढल तथा फोहोर पानी व्यवस्थापन गर्ने कार्य विभिन्न निकायबाट भइरहेको र यी निकायबीच उपयुक्त समन्वयको अभावमा अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको औंल्याए।सोही लक्ष्य प्राप्तिका लागि पहिलो प्रयास स्वरुप हिन्दुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रको वातावरणीय सुधारका लागि, पशुपति क्षेत्रको माथिल्लो तटीय क्षेत्रमा बागमती नदीलाई स्वच्छ, सफा बनाउन यसै परिसरमा तीन करोड २४ लाख लिटरप्रति दिन क्षमताको फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ।

यसको मूल उद्देश्य पशुपतिनाथ मन्दिरको उपल्लो तटीय क्षेत्रमा फोहोर पानी प्रशोधन गरेर बागमती नदीमा बिसर्जन गर्न सकियोस् जसले गर्द पशुपतिनाथ मन्दिर र आर्यघाट क्षेत्रमा सफा पानी उपलब्ध गराउनु रहेको छ।मन्त्री चौधरीले भने, ‘‘समग्र काठमाडौं उपत्यका भित्र बागमती र यसका सहायक नदीमा धेरै प्रदूषण हुनु, नदी अतिक्रमण हुनु, नदी प्रणालीमा न्यूनतम पर्यावरणीय बहाव कमी हुनु तथा जलचर र वनस्पति नासिँदै जानुजस्ता समस्याले गर्दा काठमाडौं उपत्यकाको सभ्यतामाथि चुनौती थपिइरहेको छ।’’

प्रशोधन केन्द्रले चावहिल, गोकर्ण, मित्रपार्क, बौद्ध, गौरीघाट, जोरपाटी, गोठाटार लगायत नौ सय ९५ हेक्टर क्षेत्रमा रहेको करीब तीन लाख बासिन्दालाई सेवा पुग्ने छ। यो प्रशोधन केन्द्र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रशोधन केन्द्र भएको मानिन्छ।समग्र काठमाडौं उपत्यका भित्रका बागमतीलगायत अन्य सहायक नदीलाई स्वच्छ, राख्नका लागि धोविघाट, बालकुमारी, सल्लाघारी, गोकर्ण तथा हनुमानघाटमा निर्माण शुरु गरिएका प्रशोधन केन्द्र यथासक्य छिटो सम्पन्न गर्न आवश्यक  रहेको मन्त्री चौधरीको भनाइ रहेको थियो ।

यसैगरी, काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ढुंगेधारा पुन: संचालनमा ल्याउन, जमिन रिचार्ज गर्न र वातावरण सफा राख्न ढल र बर्षाद्को पानीको निकास छुट्टा छुट्टै गर्न व्यवस्था गर्नु आवास्यक रहेको बताएका थिए  ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल,काठमाडौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटा, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौँका नदी फोहोर रहित बनाउन थप प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।