बुढानिलकण्ठ शैक्षिक मंचको नयाँ कार्यसमिति गठन,अध्यक्षमा कृष्ण प्रसाद लामिछाने

बुढानिलकण्ठ शैक्षिक मंचको नयाँ कार्यसमिति गठन,अध्यक्षमा कृष्ण प्रसाद लामिछाने

कपन अनलाइन

काठमाण्डौ ,साउन १६।

बुढानिलकण्ठ शैक्षिक मंचको नयाँ कार्यसमिति गठन भएको छ। बुढानिलकण्ठ नगरपालिकामा शैक्षिक उन्नयनका लागि २०६८ सालमा स्थापना भएको मंचको पाचौ अधिवेसनले कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेसनबाट मंचको वरिष्ठ उपाध्यक्ष हरेराम खत्री चयन भएका छन भने उपाध्यक्षमा राजकुमारी श्रेष्ठ (प्याव्सन), रुद्र काेइराला(सामुदायिक ), नारद भण्डारी (पेटसान ), भिष्मराज ढकाल (एन प्याव्सन) र  राज कुमार घिमिरे (अपेेन) चयन भएका छन।

बुढानिलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा ,शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह,प्याव्सनका जिल्ला अध्यक्ष प्रेम राई लगायत अतिथि रहेको सो अधिवेसनले मंचको सचिवमा प्रदिप कट्टेल, काेषाध्यक्ष धनेेन्द्र वस्नेत, सह सचिव टेकबहादुर कार्की र  सह काेषाध्यक्ष शर्मिला के सीलाई चयन गरेको छ।

मंचका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा भएको सो अधिवेसनले सदस्यमा   प्रदिप श्रेष्ठ, राम लामा, जनक मल्ल ठकुरी र  रमा दाहाल थापालाई चयन गरेको छ भने सल्लाहकारहरुमा ललित विक्रम सिंह, कृष्ण भण्डारी, मिमकाजी श्रेष्ठ, दिपक कार्की, जिवाकर शर्मा पाैडेल र  टीका गाैतमलाई चयन गरेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।