मिक्स मार्शल आर्ट ( एम एम ए )का तीन उत्कृष्ट नेपाली खेलाडी भारत प्रथान
कपन अनलाइन
काठमाडौँ, साउन ६ मिक्स मार्शल आर्ट(एम.एम. ए.)काे अन्तर्राष्ट्रिय प्रतियाेगितामा भाग लिन तीन नेपाली खेलाडी भारत प्रस्थान गरेका छन् । नेपाल भरका एमएमए खेलाडीबिचकाे प्रतिस्पर्धामा उत्कृष्ट भएका तीन खेलाडी अन्तर्राष्ट्रिय प्रतियाेगिताका लागि भारत प्रस्थान गरेका हुन् । स्ट्र वेट ताैल समुहका कविन देसार वामी, लाइट वेट ताैल समुहका आशूताेष मुल्मी र सुपरलाइट ताैल समुहका कुञ्जन कक्षपतिले सर्वाेत्कृष्ट तीन नेपाली खेलाडीका रुपमा प्रतियोगितामा भाग लिनेछन् ।
मिक्स मार्शल आर्ट फेडेरेसन अफ इण्डिया (एम. एम. ए. एफ. आइ.)काे आयाेजनामा गुजरातकाे सुरतमा एमएमएएफआइ कन्गेण्डरकाे विश्वव्यापी प्रतियाेगिता हुँदैछ । विश्वभरका एमएमए खेलाडी सहभागी हुने उक्त प्रतिस्पर्धा साउन ७ र ८ गते सञ्चालन हुनेछ । नेपालले पहिलाेपटक एमएमएकाे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीता जनाउन लागेकाे एमएमए नेपालका अध्यक्ष श्रवण वल तामाङले जानकारी दिए । मिक्स मार्शल आर्ट एसाेसियसन अफ नपालले गत असार २४ गते काठमाडौंकाे शंखडाेल हलमा पहिलाे राष्ट्रव्यापी एमेच्याेर एम.एम. ए. प्रतियाेगिता आयाेजना गरेकाे थियाे । प्रतियाेगितामा स्ट्र वेट -५०, फ्लाइट वेट ५६ , वेन्टन वेट ६१, फेदर वेट -६५, लाइट वेट-७० , वेल्टर वेट -७७ र हेभी वेट ८५ केजी गरि सात फरक ताैल समुहका खेलाडीहरु बीच प्रतिस्पर्धा भएकाे थियाे ।