विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने ,जल सतह निकै बढेकोले सतर्क रहन आग्रह
कपन अनलाइन
काठमाण्डौ ,असार २ ।
काठमाडौं उपत्यकाको विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किरानामा बसोबास गर्नेहरूलाई उच्च सचेतना अपाउन आग्रह गरिएको छ ।
नेपाल बाढी सुचना (Nepal Flood Alert) ले दिउँसो ३ बजे सूचना जारी गर्दै पछिल्लो एक घण्टामा विष्णुमती र धोबीखोला जलाधार क्षेत्रमा अत्याधिक पानी परेकाले सतर्कताका लागि आग्रह गरेको chh ।
‘पछिल्लो १ घण्टा काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गोंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे १ मिटर बढेको छ,’ सो सूचनामा भनिएको छ, ‘विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्छ । आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं ।’
तपाइँको प्रतिक्रिया ।