काठमाण्डौ-४ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वारी दिने बुढानिलकण्ठ -१२ का सन्तोषको घोषणा

काठमाण्डौ-४ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वारी दिने बुढानिलकण्ठ -१२ का सन्तोषको घोषणा

कपन अनलाइन

काठमाण्डौ ,असार २९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का सन्तोष प्रधान चौधरीले काठमाण्डौ क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन।

नेपाललाई वैदिक सनातन धर्म निर्देशित समाजवादी राष्ट्र बनाउने उद्देश्यका साथ उम्मेद्वारी दिने घोषणा गरेका उनले नौ वटा प्रतिवदत्ता समेत सार्वजनिक गरेका छन।

२०७० सालको निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाण्डौ क्षेत्र नं ४ मा उम्मेदवार बनेका उनले धर्मनिर्देशित, पक्षपातबिहीन, शोषणमुक्त, सुसंस्कृत, सुशिक्षित, सुरक्षित, सम्पन्न, सेवापरायण, स्वस्थ, तथा सर्वहीतप्रद व्यक्ति तथा समाजको संरचना निर्माण गर्नका लागि आफुलाई मतदान गर्न आग्रह गर्दै निर्वाचनको तयारी थालेको बताएका छन।

शताब्दिऔं देखि अविछिन्न स्वाधीन, सार्वभौम, सनातनी व्यवस्था रही आएको राष्ट्र नेपालमा विगत केही दशक यता विदेशी प्रभुत्ववादले निम्त्याएको विकृत राजनीति हाबी भएको भन्दै उनले  गैर धार्मिक कट्टरपन्थ र धार्मिक अन्धता जस्ता दुवै अतिवादसँग संघर्ष गरेर नेपाललाई शान्ति, सम्वृद्धि र स्थीरताको बाटोमा लैजान आफुलाई सहयोगको आग्रह समेत गरेका छन।

सन्तोष प्रधान चौधरीका प्रतिबद्धतापत्र:

१) शासनव्यवस्था: वैदिक सनातन धर्म निर्देशित समाजवादी शासन व्यवस्था, सांस्कृतिक राजसंस्थासहितको शंकराचार्यमण्डल निर्देशित प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति ।

२) संघियता: स्थानीय तहको सबलीकरणसंगै प्रदेशसंरचनाको खारेजी गर्ने ।

३) अर्थतन्त्र: उन्नत समाजवाद, राज्यले समस्त नागरिकहरुको शिक्षा, स्वास्थ्य र रोजगारीको पूर्ण जिम्मेवारी लिने।  

४) सुशासन: सबै प्रकारका भ्रस्ट्राचार प्रकरणमा छानबिन, कारवाही तथा नियन्त्रण गरि सुशासन कायम गर्ने ।

५) पररास्ट्रनीति: पंचशील र असंलग्न परराष्ट्रनीतिलाई पूर्णत कार्यन्वयन गर्ने साथै MCC/SPP जस्ता सम्झौताको खारेजी ।साथै नजीकका छिमेकीहरु भारत र चिनसंग समदुरी सहितको सम्मानपूर्ण सौहार्द सम्बन्ध कायम गर्ने।

६) उर्जा: अल्पकालीन रुपमा अन्तरराष्ट्रिय बजारमूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिने, साथै आगामी १० बर्ष भित्र राष्ट्रमा प्रयोग हुने उर्जा सबै हरित उर्जा (क्लिन एण्ड ग्रीन इनर्जी) हुने।

७) जनजिवीका/विकास: ३ बर्ष भित्रमा कपन, बुढानिलकण्ठ क्षेत्रमा बर्खेबाढी पूर्णत: नियन्त्रण गर्ने ।साथै सोहि अवधि भित्र यस क्षेत्रका सम्पूर्ण शहरी तथा अर्ध-शहरी क्षेत्रमा राष्ट्रिय/अन्तर-राष्ट्रिय मापदण्ड अनुसार पर्याप्त मात्रामा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने ।

८) वातावरण/पर्यावरण: ५ बर्ष भित्र यस क्षेत्रका सबै खाली जमिनहरु तथा सडक किनारमा (सबै सरोकारवालाहरुसंग छलफल गरि) जति मत दाता छन्, त्यति नै वा सो भन्दा बढी संख्यामा ब्यबस्थित तरिकाले वृक्षारोपण गर्ने ।

९) धर्म/संस्कृति: काठमाडौँ क्षेत्र न. ४ मा रहेका सम्पूर्ण धार्मिक तिर्थस्थल, धाम र गुठीहरुको ब्यबस्थापन र संरक्षण गर्ने । संस्कृत भाषाको बिस्तार र वैदिक ग्रन्थहरुको अध्ययन अनुसन्धानलाई प्रोत्साहन गरि आर्य एवं वैदिक संस्कृति अवलम्वन गर्न प्रेरित गर्ने ।

प्रतिज्ञा: सुविधा भोगी प्रवृत्ति त्याग गरि स्वच्छ छबि कायम गर्दै नागरिक, समाज र रास्ट्रको सेवा गर्ने ।  

 

 

 

तपाइँको प्रतिक्रिया ।