रिस : इन्द्रराज पौडेल ( लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असार २५ ।
रोशनशान्त र सुशील स्वभावका थिए । बिहान बेलुका कोठाबाट पातलै निस्कन्थे । दिन त अफिसमा नै बित्ने भयो।६/७बर्षको छोरा स्कूल जाने गर्थ्यो । अर्को काखे छोरा, दिन कटाउन सजिलो बनेको थियो ।बिहान बेलुका त परिवारका चारै जना कोठामा नै हुन्थे । विवेकी भएकाले रोशनलाई कुनै बिषय अर्थ्याइ रहन पर्दैन थियो, ट्वाक्क बुझ्थे ।
कहिले काहीँ उनीसँग मेरो भेट हुन्थ्यो, कोठा बाहिर घर कम्पाउण्डमा । हामीदुइ एकै घरमा भाडामा बस्थ्यौँ, उ तलको र म माथिको फ्ल्याटमा। शनिबारको दिन थियो ।सबैको बिदा थियो । बिहानै जोडले भांडा बजेको आवाज कानमा पर्यो । रोशन अलि चर्को बोल्दै थिए । मेरो ध्यान आवाजमा केन्द्रित भयो । शनिबारको दिनमा एक छाक बाहिर रेष्टुरेण्टमा खानजाने प्रस्ताव श्रीमतीेले राखिछिन् । रोशनले ठाडै अस्वीकार गरे । उनले जानी जानी भाँडाकुँडा भूँइमा बजार्न थालिछिन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक