कपन बानेश्वर साहित्यिक साप्ताहिकको दशौ वार्षिकोत्सवको अवसरमा सात प्रतिभालाई सम्मान गरिने

कपन बानेश्वर साहित्यिक साप्ताहिकको दशौ वार्षिकोत्सवको अवसरमा सात प्रतिभालाई सम्मान गरिने

कपन अनलाइन

काठमाण्डौ ,असार २०।

कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले  आफ्नो दशौ वार्षिकोत्सवको अवसरमा सात प्रतिभालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

पुरस्कार तथा सम्मान पाउनेहरुमा शीतल गिरीलाई नालाङ्ग कबा रचना पुरस्कार ( पुरुष ),तारा केसीलाई श्यामा खरेल स्मृति कबा रचना पुरस्कार (नारी),इन्द्रकुमार श्रेष्ठ ओखलढुंगालाई गङ्गा लिगल कबा रचना पुरस्कार (मोफसल) ,तृष्णा श्रेष्ठलाई हेमगङ्गा कबा रचना पुरस्कार (बाल) रहेका छन् ।

गत वर्ष सम्म कबा समाचार पुरस्कार प्रदान गरिदै आएकोमा यो वर्षदेखि सोको नाम कबा साहित्यिक पत्रकारिता पुरस्कार नामाकरण गरी साहित्यिक पत्रकार पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कार उमेश पाण्डेलाई प्रदान  गरिनेछ।

साप्ताहिकले वरिष्ठ साहित्यकार महेन्द्र चालिसेलाई कबा विशिष्ट सम्मान र विष्णु ओलीलाई कबा सम्मान प्रदान गर्ने कपन बानेश्वर साहित्यिक साप्ताहिक साप्ताहिकका सम्पादक निवन्ध आचार्यले जानकारी दिएका छन  ।

साप्ताहिकको प्रबन्धक वरिष्ठ साहित्यकार गङ्गा पौडेलको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिले सिफारिस गरेको आधारमा प्रतिभा चयन गरिएको कपन बानेश्वर साहित्यिक साप्ताहिकका सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीले जानकारी दिए ।

सो सम्मान तथा पुरस्कार साउन ७ गते शनिबार पत्रिकाको दशौ वार्षिकोत्सब कार्यक्रममा प्रदान गरिने पत्रिकाका सह–सम्पादक प्रशुराम अधिकारीले जानकारी दिएका छन  ।

 

तपाइँको प्रतिक्रिया ।