नेपाल स्काउट काठमाण्डौ महानगरको पुरुष उड ब्याज तथा महिला एड्भान्स तालिम सम्पन्न

नेपाल स्काउट काठमाण्डौ महानगरको पुरुष उड ब्याज तथा महिला एड्भान्स तालिम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार २०।

नेपाल स्काउट बागमती प्रदेश काठमाण्डौ महानगर स्थानीय स्काउट पुरुष उड ब्याज तथा महिला एड्भान्स तालिम  सम्पन्न भएको छ।

अन्तराष्ट्रिय तालिमकेन्द्र ककनीमा आषाढ १० गतेदेखि १६ गते सम्म उड ब्यायज तथा एडभान्स तालिमको समापनमा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी प्रमुख अतिथि र बागमती प्रदेशका संयोजक शिवराम अर्याल सभाध्यक्ष रहेका थिए।

ब्यइज कोर्ष  लिडर राष्ट्रिय कार्यसमितिका सदस्य बिजेन्द्र ध्वजु र र्गस कोषका कोष लिडर लिला श्रेष्ठ रहेको  उड ब्यायज र एड्भान्स तालिम नेपालमा संगै भएको पहिलो पटक हो।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले नेपाल स्काउट नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने बताउँदै अब स्काउटको तालिम आफूले र सिपमा रहुन्जेलसम्म सामुहिक रुपमा तालिमहरु संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष शिव राम अर्यालले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिदै  सो  तालिममा महिलाहरु साहस देखेर भोलिका दिनमा यस्तो तालिम अझ अगाडि बढाउने बताएका थिए । उनले यस्तो तालिम काठमाडौँमा मात्र होइन  ७५३ वटा पालिकाहरुमा संचालन गर्नुपर्ने धारणा राखेका थिए।

 

तपाइँको प्रतिक्रिया ।