निजी तथा आवसीय विद्यालय संगठन काठमाण्डौ (प्याब्सक) ले शिक्षकहरुलाई सम्मान गर्ने

कपन अनलाइन

काठमाडौं, असार १९ ।

निजी तथा आवसीय विद्यालय संगठन काठमाण्डौ  (प्याब्सक) ले गुरु पूर्णीमाको अवसरमा शिक्षक सम्मान कार्यक्रम गर्ने भएको छ ।

विगत बर्षहरुमा जस्तै यसपालि पनि प्याब्सक अन्तर्गतका विद्यालयहरुमा शिक्षण गरिरहेका शिक्षकशिक्षिकाहरुलाई गुरु पूर्णीमाका अवसरमा एउटा विषेश समारोहको आयोजना गरी सम्मान गरिन लागेको हो ।

सो कार्यक्रमलाई चाबहिल स्थित आदिम कलेजले मूख्य प्रायोजन गर्ने भएको छ । साथै चावेलकै मनास्लु वर्ल्ड  कलेज, भी.एस्. कलेज र पुष्पलाल मेमोरियल कलेजको पनि सो कार्यक्रममा प्रायोजन र सहयोग रहेको छ  ।

कार्यक्रम संयोजक समीर बास्तोलाले शिक्षण जस्तो सम्मानीत पेशामा कार्यरत व्यक्तिहरुलाई  सम्मान गर्नुको विशेष अर्थ रहने र शिक्षक शिक्षिकाहरु माझ यसले उत्प्रेरणा जगाउँदै एउटा नयाँ उर्जा दिने विश्वास रहेको बताएका छन ।

कार्यक्रममा प्याब्सक सदस्य विद्यालयहरुले सिफारिस गरेका एक–एक जना शिक्षक वा शिक्षिकालाई सम्मान पत्र प्रदान गर्दै रात्री भोजको समेत आयोजना गरिने  आयोजक कमिटिका सचिव दिवेश खत्रीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।