मदन भण्डारी वौद्धिक मञ्चको राष्ट्रिय बजेट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मदन भण्डारी वौद्धिक मञ्चको राष्ट्रिय बजेट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

मदन भण्डारी वौद्धिक मञ्च केन्द्रीय कार्यसमितीले आज काठमाडौंमा संकटोन्मुख अर्थतन्त्र र आव २०७९/८०को राष्ट्रिय बजेट विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।

कार्यक्रममा प्रमुख अतिथि पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले ओली सरकारको पालामा भएका विकासका राम्रा पक्षहरुको उल्लेख गर्दै अर्थतन्त्रलाई संकटबाट जोगाउन गर्न सकिने कामहरुका बारेमा पनि चर्चा गरेका थिए।

त्यस्तै  उक्त कार्यक्रममा अर्थशास्त्री डा. दिलनाथ दंगालले कार्यपत्र प्रस्तुत गरेका थिए  । कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको अर्थतन्त्रमा वित्तिय क्षेत्र, मौद्रिक क्षेत्र, वाह्य क्षेत्र र आर्थिक वृद्धिमा एकै पटक विरलै चाप पर्ने गरेता पनि  अर्थतन्त्रमा सरकारको गलत रवैयाका कारणले यो पटक यस्तो देखा परेको बताएका थिए  ।

उनले अर्थतन्त्र सुधान हुनुको सट्टामा झन संकटोन्मुख हुन थालेकोमा चिन्ता पनि ब्यक्तगर्दै  डा. दंगालले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने र नजाने आधारहरु पनि पेश गरेर  संकटोन्मुख अर्थतन्त्रमा सुधारका उपायहरु पनि राखेका थिए ।

बजेटले परिकल्पना गरेका सबै विकाशका कामहरु यसै वर्षमा सम्पन्न गर्ने हो भने २० खर्व पैसाले पनि नपुग्ने हुनाले विकास गर्न भन्दा पनि चुनावमा जनता झुक्याउन ल्याएको जस्तो देखिएको धारणा पनि उनले प्रस्तुत गरे ।

योजना आयोगका पुर्व सदस्य प्रा.डा.गोविन्द नेपाल र राष्ट्रबैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले कार्यपत्रमाथि टिप्पणी गरेको कार्यक्रममा  भने   बौद्धिक वर्गहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो  कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष केबी आचार्य र सञ्चालन सचिव पुन्य ढकालले गरेका थिए  भने उपाध्यक्ष डा. बाबुराम अधिकारीले अतिथी र सहभागीहरुलाई स्वागत गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।