टोखामा विभिन्न लायन्स क्लवहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

टोखामा विभिन्न लायन्स क्लवहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, असार १९ ।

लायन्स क्लब ईन्टरनेसनलले लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवर सहितचार क्लबको संयुक्त आयोजनामा  टाेखा नगरपालिका वडा नं  ३ स्थित सरस्वती मन्दिर प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको  छ।

लायन्स क्लब ईन्टरनेसनलले लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरको नेतृत्वमा भएको उक्त रक्तदान कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरेका थिए।

हाल देखिएको रगतको अभावलाई पूर्ति गर्न सो रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिदै आयोजक
लायन्स क्लब ईन्टरनेसनलले लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरका अध्यक्ष लायन सुनिल श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

रक्तदान कार्यक्रममा अतिथि अतिथि टाेखा नगरपालिका उप प्रमुख मुरारी तामाङ , टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल , लायन्स क्लब अफ काठमाडौं इन्द्रसरोवरका अध्यक्ष सुनिल श्रेष्ठ , लायन्स क्लब अफ टाेखाका अध्यक्ष सन्तलाल श्रेष्ठ , लायन्स क्लब अफ काठमाडौं चुनिखेलका अध्यक्ष राजकुमार श्रेष्ठ , लायन्स क्लब अफ शिवपुरीका अध्यक्ष रामराज डंगोल , लायन्स क्लब अफ टाेखाका  , त्रिनेत्र फाउन्डेसनका अध्यक्ष कान्छा गुरुङ लगायत लायन्स क्लबका विभिन्न शाखाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।