कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा वडा बाल अधिकार समिति गठन

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा वडा बाल अधिकार समिति गठन

कपन अनलाइन

काठमाडौं असार १८ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ मा वडा बाल अधिकार समिति गठन गरिएको छ । शुक्रबार वडा कार्यालयमा वडा अध्यक्ष राममणि पुडासैनीको अध्यक्षतामा वडा बाल अधिकार समिति गठन गर्नुको साथै बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया समेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यपालिका सदस्य रमा कालिका, वडा सदस्य सुनकुमार नगरकोटी,वडा सदस्य गोमा लोहार वडा सदस्य राधाकृष्ण थापा, महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक पिताम्बर पराजुली, वडा सचिब न्हूच्छेनारायण श्रेष्ठ, बिद्यार्थी अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको  थियो ।

कार्यक्रममा वडा बाल अधिकार समितिका  संरक्षक तथा  वडा अध्यक्ष राममणि पुडासैनी रहेको समितिको वडा सदस्य राधाकृष्ण थापाको संयोजकत्वमा  वडा बाल अधिकार समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा प्रधानाध्यापक शिक्षकको तर्फ बाट पुरुषोत्तम खड्का महिला स्वास्थ्य स्वयं सेविकाको तर्फ बाट लक्ष्मी श्रेष्ठ बालअधिकारकर्मी अदिप आचार्य,प्रवेश पुडासैनी, बाल क्लब बाट क्रेशा ढुंगाना,बरदान महत सामाजिक क्षेत्रमा क्रियाशिल मन्जु पुडासैनी, कुमार बिक्रम थापा,प्रहरी प्रतिनिधिको रुपमा महानगरीय प्रहरी प्रभाग थलीका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक पिताम्बर पराजुली दलित प्रतिनिधिको तर्फ बाट कविता सुनार,जनजाती तर्फ बाट सलिना श्रेष्ठ ( नगरकोटी)सदस्य सचिव न्हूच्छेनारायण श्रेष्ठ, रहेका छन ।

तपाइँको प्रतिक्रिया ।